टिकाउ भएन अरुणखोलाको डाईभर्सन,६ देखि १० किलोमिटर जाम/आगामी शुक्रवार सम्म पुल मर्मत सकिने

0

डोलराज रानाभाट, गैडाकोट, २ भाद्र । एउटा ट्रक हुत्तिएर आयो अनि फलामको पुलमा ठोक्कायो । ट्रक त बच्यो उ गुड्न सक्ने अवस्थामै थियो तर विडम्वना त्यसको ठोकाइबाट घाइते पुलको उपचार हुन अझै सकिरहेको छैन । केन्द्र सरकारका मन्त्री रघुविर महासेठ समेत आएर पुलको अवलोकन गरेपछि दिएको निर्देशनले भने केहि काम गरेको छ तर ढिलाई भने भएको छ जसले सावरी चालक र यात्रु मारमा परेका छन् । बलियो बैकल्पिक मार्गको खोजी भएको छैन ।

पूर्व पश्चिम राजमार्गमै यसरी पुल लच्किएको आधा महिना हुन लाग्दा सम्म न त्यसको बलियो मर्मत भएको छ न अस्थायी डाईभर्सनै राम्रो र भरपर्दो । बाढि आएपछि भत्किएको अस्थायी डाईभर्सनले झन समस्या थपेको छ । अहिले ६ देखि १० किलोमिटर सम्म सवारी जाममा छन् भने यात्रु बीच बाटोमै अलपत्र छन् ।

तर त्यहि अस्थायी डाईभर्सनबाटपनि ठूला सवारी एक एक गरी संचालन गरिएको त्यहाँ खटिएका प्रहरीले जानकारी दिनुभएको छ । तर पानी पर्नासाथ सवारी आवतजावत नै ठप्प पार्नुपर्ने वाध्यता भएको उहाँहरुको भनाई छ । यता प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले भने आगामी शुक्रवार सम्म पुल मर्मतको सवै कार्य सकेर सवारी चल्ने बताउनुभयो । आफू हिजोपनि पुल अवलोकनमा गएको र काम तिव्रगतिमा भइरहेको जानकारी दिनुभयो ।

डाईभर्सनको पनि मर्मतलाई जारी राखेको र लच्किएको ठाउँलाई धेरै भाग उठाइसकेको र शुक्रवार सम्म सवै काम पूर्ण हुने र सवारी सहजरुपले आवतजावत हुने बताउनुभयो ।

Share.

Leave A Reply