गैडाकोटमा अवस्थित भृकुटी कागज कारखाना संचालनको माग

0

डोलराज रानाभाट, गैडाकोट, २ भाद्र । खण्डहर वन्दै गइरहेको भृकुटी कागज कारखाना तत्काल संचालन गर्न नेपालका लागि नेपाली अभियानले आह्वान गरेको छ । अभियान्ताहरु ज्ञानेन्द्र शाही, अजिता बराल सहितको टोलीले उद्योगको वाहिरी अवलोकन र कर्मचारीहरुसँग वर्तमान अवस्थावारे जानकारी लिएपछि उक्त माग गरेको हो ।

ज्ञानेन्द्र शाही भृकुटी कागज कारखानामा

नेपाल का लागि नेपाली अभियानले पनि उठायो भृकुटी कागज कारखानाको मुद्दा नेपाल का लागि नेपाली अभियानले पनि उठायो भृकुटी कागज कारखानाको मुद्दाज्ञानेन्द्र शाही भृकुटी कागज कारखानमा युवा अभियान्ता ज्ञानेन्द्र शाही लगायतको टोलीले अवलोकन गर्यो भृकुटी कागज कारखाना । उद्योग खोल्न दबाब दिने प्रतिवद्धता सहितको थप भिडियो रिपोर्ट ।

Posted by Vijaya FM on Monday, 19 August 2019

उद्योगका मालिकलाई संचालनमा दबाब दिने र तलवविहीन भएका मजदुरहरुको समस्या तत्काल समाधान गर्नपनि आफूहरुको पहल रहने बताएका छन् ।

अस्थिपञ्जर बनेको भृकुटी कागज कारखाना

अस्थिपञ्जर बनेको भृकुटी कागज कारखानाको स्थलगत रिपोर्ट । कागज कारखानाको राष्ट्रियकरणको बहस फेरी एक पटक उब्जीएको छ । केही भिडियो स्रोत ः सामाजिक सञ्जालबाट

Posted by Vijaya FM on Monday, 12 August 2019

 भ्रष्टचारविरुद्धको अभियानमा सक्रिय रहेका उनीहरुले नीजिकरण गरेपछि नीतिगत भ्रष्टचार बढेको र लाखौँ युवालाई विदेश लखेटेर भइरहेको उद्योग समेत संचालन नगरेको प्रति सरकारको कडा आलोचना गरेका छन् । अभियान्ता ज्ञानेन्द्र शाहीले देशमा भएका प्रमुख उद्योगहरु खण्डहर बनाएर लाखौँ युवाहरु विदेश पठाउने र निर्यातलाई शुन्य वनाउने यो शैली प्रति आम जनता जागरुक हुन आवश्यक रहेको बताउनुभयो ।

२०६७ सालबाट बन्द भएको उद्योग संचालनमा न सरकारले चासो दिएको छ न सम्वन्धित उद्योग पतिहरुले नै । केहि सुरक्षागार्ड वाहेक अन्य कोहि नहुने उक्त उद्योगको ६० विगाह जग्गा मध्ये ८ विगाह विक्रि गरीसकेको र अन्य सम्पतीको सुरक्षा गर्न चाँडै राष्ट्रीयकरण गर्न आवश्यक रहेकोमा स्थानीयले पनि जोड दिएका छन् ।

Share.

Leave A Reply