विजय एफएम उत्कृष्ट संचारमाध्यमः गैडाकोट नगर उप प्रमुख कडेँल÷ थप परिस्कृत बनाईने अध्यक्ष खरेलको प्रतिवद्धता

0

माया कडेँल, १ भाद्र, गैँडाकोट । सामुदायिक रेडियो विजय एफएम १०१.६ को १६ औँ वार्षिकोत्सवका अवसरमा आईतबार आयोजित गैँडाकोट नगर स्तरीय माध्यामिक विद्यालयस्तरीय खुल्ला बक्तृत्वकला प्रतियोगितामा विजय सामुदायीक शिक्षा सदनकी साहारा सापकोटा प्रथम हुनुभएको छ । यस्तै नेपाल राष्टिय शमशेर माध्यामिक बिद्यालयकी ऋजुषा भट्टराई द्धितिय , सरस्वती निकेतन आवासिय माध्यामिक बिद्यालयकी देविका विश्वकर्मा तृतिय, गैडाकोट नमुना आवासीय माध्यामीक बिद्यालयकी समिक्षा कोईराला सान्त्वना र सूर्य विनायक ई. बोर्डिङ स्कुलकी सृष्टि अधिकारी पाँचौ हुुनुभएको छ । उत्कृष्ट पाँचजनाको भिडियो विजय एफएमको आधिकारिक फेसबुक पेजमा राखिने र सर्वाधिक शेयर तथा भ्यूज भएको उत्कृष्ट एक प्रस्तुतीलाई भाद्र ५ गते वार्षिकोत्सव समारोहमा सम्मान गरिने रेडियोका अध्यक्ष गोपीनाथ खरेलले जानकारी दिनुभयो । फेसबुकमा राखिएको भिडियोको २०७६ साल भाद्र ४ गते बेलुका ८ बजेसम्मको समय सिमा राखिएको छ ।
विजय सामुदायिक शिक्षा सदनको सभाहलमा भएको कार्यक्रममा बोल्दै गैंडाकोट नगरपालीकाकी उपप्रमुख बिष्णुकुमारी कंडेलले उत्कृष्ट संचारमाध्यमको परिचय विजय एफएमले बनाएको बताउनुभयो । कार्यक्रमकी प्रमुख अतिथी समेत रहनुभएकी उपप्रमुख कंडेलले नगरभित्र स्वच्छ र स्वस्थ रुपमा खबरहरु सम्प्रेशण गर्न सफल भएकाले पनि उत्कृष्ट संचारमाध्यमको परिचय बनाउन सफल भएको बताउनुभयो । जनजनको आवाज बनेर सत्य तथ्य खबर र समाचारलाई अगाडि बढाउन आग्रह गर्दे विजय एफएम अझै खारिएर अगाडि बढन सकोस भन्ने शुभकामना पनि व्यक्त गर्नुभएको छ । उपप्रमुख कंडेलले बिभिन्न कठिन परिस्थीतिलाई सामना गर्दे यहासम्म आउन सफल भएको विजय एफएम अझै दरिलो बनोस भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।
विजय एफएमले समाजका हरेक वर्गलाई समेटदै आएको बताउदै उपप्रमुख कंडेलले समयसान्र्दभिक रुपमा नै खुल्ला बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको बताउनुभयो । उहाँले खुल्ला बक्तृत्वकला प्रतियोगितामा नगरपालीकाले उठान गर्नुपर्ने बिषयबस्तु बिद्यार्थीहरुले उठाएको बताउनुभयो । उहाले बालअधिकार, महिला शसक्तिकरण, बैदेशिक रोजगार, प्रबिधिको सहि प्रयोग र समुदायका बिभिन्न बिषयबस्तुलाई बिद्यार्थीहरुले उठाएको समेत बताउनुभयो ।
यस्तै गैंडाकोट नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष डिलाराम रिजाल, गैंडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उप सचिव बालकृष्ण चापागाई, प्रवर्धकिय संस्था विजय विकास स्रोत केन्द्रका अध्यक्ष एवं विजयश्री उपभोक्ता सहकारी संस्था लि. का अध्यक्ष हरिलाल सापकोटा, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि. का संस्थापक अध्यक्ष खेमराज सापकोटा, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लि. का निवर्तमान अध्यक्ष एवम् वर्तमान सञ्चालक ईन्द्रराज ज्योती पौडेल, विजय सामुदायिक शिक्षा सहकारी संस्था लि. का अध्यक्ष टिकाराम कंडेल लगायतले मन्तव्य व्यक्त गर्दै संस्थाको उन्नतीको कामना गर्नुभयो ।
निर्णायक मण्डलको संयोजकमा भाषाविज्ञ, समालोचक डा. मतिप्रसाद ढकालरहनुभएको थियो यस्तै साहित्यकार एवम् कवि, रामहरी शर्मा सराह र साहित्यकार एवम् कवि, मुना धनन्जय पनि निर्णायक मण्डल सदस्यहरु रहनुभएको थियो ।
कार्यक्रमका अध्यक्ष एव् विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष गोपीनाथ खरेलले उपस्थित सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा थप परिस्कृत रुपमा प्रस्तुत हुने बताउनुभयो ।
कार्यक्रम एफएमका सहायक स्टेशन म्यानेजेर प्रेम क्षेत्रीले सहजिकरण गर्नुभएको थियो । विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित सामुदायिक रेडियो विजय एफएम १०१.६ वि.सं. २०६१ साल भाद्र ५ गते स्थापना भएको थियो । रेडियोले आफ्नो वार्षिकोत्सवको पावन अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । भाद्र २ र ३ गते टोलटोलमा विजय र भाद्र ५ गते वार्षिकोत्सव समारोह कार्यक्रमको आयोजना गरिएको एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो ।

Share.

Leave A Reply