अरुणखोलामा निर्माण गरिएको अस्थायी डाईभर्सन बाढीले बगायो,सवारी आवातजावत ठप्प

0

गैडाकोट, १ भाद्र । पूर्व पश्चिम राजमार्गको अरुण खोलामा बनाइएको अस्थायी डाईभर्सन बाढीले बगाएको छ । डाइभर्सन बगाएपछि अहिले सवारी आवतजावत ठप्प रहेकोछ । इन्सपेक्टर सुरेश शाहाका अनुसार अहिले सवारी आवतजावत ठप्प भएको र आज रातभर संचालन गर्न नसकिने बताउनुभयो । सवारी संचालन नहुनेभएपछि यात्रा गर्दा वीच वाटोमा जाममा परे खाना वस्नको समेत समस्या पर्ने भएकोले अहिलेनै उपयुक्त ठाउँमा वसोवासको व्यवस्था गर्न उहाँले सडकमा हुनुहुने सवारी संचालकहरुलाई सुझाव दिनुभएको छ ।

Share.

Leave A Reply