सुनको मुल्य नियन्त्रण गर्न छलफल गर्छौँ ः अध्यक्ष सुनार

0

हिमा अर्याल, गैडाकोट, १ भाद्र । नेपाल सुन चादि व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मोहन कुमार सुनारले सुनको भाउ यसरी नै उकालो लाग्दै गए मुल्य नियन्त्रणका लागि सरकार र सुन व्यवसायिक विच छलफल गर्ने बताउनु भएको छ । मुल्य बृद्धिले अहिले नेपालमा व्यवसाय ठप्प जस्तै भएको सुनारले बताउनु भयो । व्यवसायीहरुले विक्रि गर्नेभन्दापनि सुन विक्रि गर्ने ग्राहकको संख्यामा वृद्धि भएको उहाँको भनाई छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा पनि सुनको भाउ उकालो लाग्नु स्वभाविक भएको भन्दै चाडै मुल्यले आकार लिए व्यवसायी तथा ग्राहकलाई सरल हुने उहाँले बताउनु भयो । बिजय एफ.एम.को कार्यक्रम आजको सवालमा कुरा गदै सुनारले अन्तराष्ट्रिय क्षेत्रमै सुनमा लगानि गर्ने बढेका कारण सुनको मुल्यमा बृद्धि भएको भन्दै सधै यस्तै अवस्था नरहने बताउनु भयो । सुनको खरिद डलरबाट गर्नु पर्ने भएकोले नेपाली मुल्यको क्रय शक्ति घटेका कारण पनि मुल्य लगातार बृद्धि भएको उहाँको भनाई छ । अहिले प्रतितोला ७१ हजार ५०० सम्म सुन भाउ पुगेको छ । चाडपर्वको नजिक यसरी भएको मुल्य वृद्धिले व्यवसायी मर्कामा परेको उहाँको भनाई रहेको छ ।

Share.

Leave A Reply