व्यवसायिक बन्दै महिला, गैँडाकोटका ८ का महिलाले बनाए ८५ लिटर झोल सरफ

0

नवलपुर, भाद्र १
हिमा अर्याल ।


गैँडाकोटका महिलाहरु तालिममा सिकेका सिकाईलाई व्यवहारमा उतादै व्यवसायीक बन्न थालेका छन् । गैँडाकोट ८ मा महिला सञ्जालबाट सरफ बनाउने तालिम लिएका महिलाहरुले झोल सरफ बनाएर आम्दानी गरेका हुन् । तालिम लिएका सिता रोक्का, गिता रेग्मी, इन्द्रा रानाले टोल अन्तर्गत गठित श्री जय माहादेव महिल समुहका ७५ जना महिलाहरुलाई झोल सरफ बनाउन सिकाउनु भएको थियो । सो अवसरमा ८५ लिटर झोल सरफ बनाइएको सदस्य सिता रोक्काले जानकारी दिनु भएको छ । १ लिटरलाई ५० रुपैया पर्ने सरफ बनाएर करिब ४ हजार २ सय ५० रुपैयाको विक्रि समेत गरिएको रोक्काले जानकारी दिनु भएको छ ।

अध्यक्ष फुलुमायाँ पराजुलिको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथी जेष्ठ नागरिक कलावती सापकोटा र विशेष अतिथिमा टोलका उपाध्यक्ष रामलाल पराजुलि रहनु भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष फुलुमाया पराजुलिले महिलाहरु व्यवसायीक बन्न थालेको बताउनु भयो । झोल सरफ बनाउने तालिम लिएका गैडाकोट ८ का अधिकाशं महिलाहरुले घरमै बनाएर बेचेर आयआर्जन गर्न थालेको महिला सञ्जालकि अध्यक्ष ज्ञानकुमारी घिमिरेले जानकारी दिनु भएको छ ।

Share.

Leave A Reply