नेपाली चलचित्रकी वरिष्ठ कलाकार सुभद्राको निधन 

0

साउन,३२ ।
वरिष्ठ कलाकार सुभद्रा अधिकारीको आज निधन भएको छ । आज बिहान डल्लुमा रहेको आफ्नै घरमा उहाँको निधन भएको हो । उहाँ केही समयदेखि दम रोगबाट ग्रसित हुनुहुन्थ्यो । २००३ सालमा काठमाण्डौको असनमा जन्मनुभएकी अधिकारीले थुप्रै नेपाली चलचित्रमा अभिनय गर्नुभएको थियो । ६ वर्षको उमेरमा उहाँले नेवारी नाटक ‘कचिमचा’ अर्थात् ‘काँचो माटो’ बाट अभिनय यात्राको सुरुवात गर्नुभएको थियो । उहाँले अभिनय गरेका चर्चित चलचित्रहरुमा कन्यादान, चिनो, भाउजूलगायत छन् । खासगरी उहाँले ‘कन्यादान’ निभाएको भूमिकाका लागि धेरैले सम्झन्छन् ।

Share.

Leave A Reply