रवि लामिछानेका समर्थकद्धारा दिनभर प्रदर्शन, झडपमा अश्रुग्यास प्रहार

0

साउन ३१, चितवन । पत्रकार रवि लामिछानेको रिहाईको माग गर्दै आजदिनभर जसो चितवनमा प्रदर्शन भएको छ । वाक्लो उपस्थिती देखिने समर्थकको विरोधकाविच रवि लामिछाने सहित तीन जनालाई अदालतको पछाडी गेटबाट प्रवेश गराइएएको थियो । रविका समर्थकहरुले चौविस कोठीदेखि जिल्ला प्रहरी कार्यालय चितवन र अदालत परिसर वाहिर दिनभर जसो रिहाइको माग गर्दै नारा लगाएका थिए । प्रदर्शनकारीहरुले गृहमन्त्रीको राजीनामा माग देखि केपी ओली सरकार भ्रष्ट भएको भन्दै नारावाजी गरेका थिए । चितवनका एसपी पनि भ्रष्ट भएको उनीहरुको आरोप थियो ।

दिनभर जसो नारा लगाएका उनीहरुले पत्रकार रवि लामिछानेलाई पक्रने विधि सहित नभएको बताएका थिए । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन जिल्ला अदालतले ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ । यसैविच साँझपख जिल्ला प्रहरी कार्यालय अगाडिनै टेन्टराखेर वस्न थालेपछि हटाउन खोज्दा झडप भएको छ । झडपमा अश्रुग्यास प्रहारपछि भीड तितरवितर भएको प्रहरीले जनाएको छ ।


अदालतमा भएको थुनछेक बहस पछि आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमको इजलासले म्याद थप गरेको प्रहरीले जनाएको छ । लामिछाने लगायतको पक्षबाट वरिष्ठ अधिवक्ता सुनिल पोख्रेलसहित दुई स्थानीय वकिलले बहस गरेका छन् । वादीका तर्फबाट सरकारी वकिलले बहस गरेका थिए । सरकारी वकिलले १० दिनको म्याद थप्न माग गरे पनि अदालतले पाँच दिनको म्याद थपेर अनुसन्धान गर्ने निर्णय गरेको थियो । कानुनी प्रावधानअनुसार बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ । भिडका बीच प्रहरीले लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई अदालतमा उपस्थित गराएको थियो । बिहीबार साँझ लामिछाने र कँडेललाई न्यूज २४ टेलिभिजनबाटै गिरफ्तार गरिएको थियो भने कलंकीबाट अस्मिता कार्कीलाई पक्राउ गरिएको थियो ।
माउन्टेन टेलिभिजनका पत्रकार नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ३ निवासी पुडासैनीको साउन २० गते राति नारायणगढस्थित पोखरा बसपार्कको होटल कंगारूमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो ।

Share.

Leave A Reply