लच्किएको पुल मर्मतमा ढिलाई÷ सवारी आगमनमा समस्या

0

डोलराज रानाभाट, गैडाकोट,३१ श्रावण । पूर्वी नवलपरासीको पूर्वपश्चि राजमार्गमा पर्ने अरुणखोलाको पुल मर्मतमा ढिलाई हुँदा सवारी आगमनमा समस्या भएको छ । गत वुधवार देखि पुलमा क्षती पुगेपनि मर्मतका लागि तिव्रता नदिदा अहिले गैडाकोटमै सवारी रोकेर राखिएको छ । अस्थायी डाईभर्सन निर्माण गरिएपनि अहिले उक्त ठाउँदेखि ६ किलोमिटर परसम्ममा जाम भएपछि अहिले सवारी गैडाकोटमै रोक्न आदेश आएको इलाका प्रहरी कार्यालय गैडाकोटको प्रमुख इन्सपेक्टर दिपक कुमार कार्कीले जानकराी दिनुभयो । अहिले गैडाकोटमा ठूला सवारी साधन विशेष गरि ट्रकलाई रोकिएको छ भने प्रहरीसहितको सुरक्षा दिइएर रोकिएका सवारी राति १० बजे समुह समुह बनाएर संचालन गराउने उहाँले जानकारी दिनुभयो । पुलबाट मोटरसाईकल मात्र आउन जान दिईएको छ ।

Share.

Leave A Reply