नवलपुरको गैडाकोट, मुकुन्दपुर लगायत क्षेत्रमा युरीया मल अभाव : किसान मारमा, चाँडै मल आउने सम्भावना न्यून

0

डोलराज रानाभाट, गैडाकोट, ३० श्रावण । गैडाकोट नगरपालिकामा मल अभाव हुँदा किसान मर्कामा परेका छन् । धान पसाउने वेलामा यूरिया मल अभाव हुँदा किसान मारमा परेका हुन् । गैडाकोट नगरपालिकामा मल विक्रि गर्दै आइरहेको विनायक कृषी सहकारी संस्थाले पनि किसानको माग अनुसार मल पृुर्याउन नसकिएको बताएको छ । संस्थाका अध्यक्ष खिमानन्द सापकोटाले नेपाल सरकारको लापार्वाहीका कारण गोदाममै मल नभएकाले आफूहरुले किसानलाई उपलब्ध गराउन नसकेको बताउनुभयो । चितवन लगायत अन्य क्षेत्रमा असारमै मल अभाव भएको हो अध्यक्ष सापकोटाले भन्नुभयो , हामीले धन्न स्टकमा राखेका थियौँ र १० दिन अघिसम्म वितरण गर्यौँ ।

स्टक नराखेको भए असारबाटै मल अभाव हुने उहाँको भनाई थियो । यसैविच मल नहूँदा गैडाकोट १० देखि १८ सम्मका किसान धेरै मारमा परेको वडानम्वर १२ का अध्यक्ष थिर वहादुर थनेतले जानकारी दिनुभयो । अहिले यूरिया मल विक्रि गर्न लाइसेन्स चाहिने र आफूहरुले पनि सहकारीलाई प्राथमिकता दिँदा झन् समस्या थपिएको बताउनुभयो । पहिला किराना पसलहरुले पनि विक्रि गर्दा केहि राहत हुन्थ्यो तर अहिले सहकारीको भरपर्दा समस्या बढेको उहाँको भनाई छ । सरकारले किसानहरुको तथ्याङ्क र त्यहि अनुसारको मल खरिद गर्न नसक्नु गम्भीर लापार्वाही भएको कार्यपालिका सदस्य रमेश भट्टचनले वताउनुभयो ।

वर्षेनी मलको अभाव हुँदापनि स्टकमा राख्न नसक्ने सरकाले किसानको मर्का वुझ्न नसकेको बताउनुभयो । अहिले सवैतिर धान गोड्ने वेला भएको र झार फालेर यूरीया मल नहाल्दा उत्पादनमा कमी आउने भट्टचनको भनाई छ । सहकारीका अध्यक्ष सापकोटाका अनुसार गैडाकोटमा अझै २०० बोरा मल तत्काल चाहिएको बताउनुभयो । उहाँका अनुसार कृषी समाग्राी केन्द्र, साल्ट ट्रेडिङलाई समेत निरन्तर आग्रह गरेपनि गोदाममै नभएकाले वितरण गर्न नसकिने जवाफ दिने गरेका छन् ।

Share.

Leave A Reply