शालिकराम मृत्यु प्रकरणः भिडियोमा नाम लिएका रवि लामिछाने सहित सवै पक्राउ

0

३० श्रावण । न्यूज ट्वान्टीफोरमा सिधा कुरा जनतासँग कार्यक्रम संचालक रवि लामिछाने पक्राउ परेका छन् । यस अघि चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा भेटिएका शालिकराम पुडासैनीको मोवाईलमा भेटिएको भिडियोमा रवि लामिछाने, युवराज कडेँल र अस्मिता कार्की आफ्नो मृत्युको कारक भएको बताएका थिए ।

अहिले प्रहरीले न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछाने र युवराज कँडेल अनि अस्मिता कार्कीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले आज साँझ पक्राउ गरेको हो ।

उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरिएको हो । पेशाले नर्स ‘रुकु’ भनिने अस्मिता कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले दिउसो काठमाडौंबाट आज पक्राउ गरेको हो । उनलाई अहिले भरतपुर ल्याएको छ । प्रहरीले पुडासैनीले रेकर्ड गरेको भिडियो, उनको कल रेकर्डलगायतका प्रमाणको आधारमा उनलाई पक्राउ गरेको हो । उनीहरुलाई आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मृतक पुडासैनीको परिवारले आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै भिडियोमा नाम लिइएकाहरुलाई कारबाही गर्न माग गर्दै साउन २२ गते नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए । पुडासैनीको साउन २१ गते नारायणगढ स्थित कंगारु होटलमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो ।

चितवनको नारायणगढको एक होटलमा आत्महत्या गरेका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो नेपाल आज डटकमले सार्वजनिक गरेका छौं । नेपाल आजले युट्युवमा सार्वजनिक गरेको भिडियो हामीले यहाँ साभार गरेका छौं ।

Posted by Vijaya FM on Wednesday, 14 August 2019

Share.

Leave A Reply