घुस रकम सहित त्रिवेणीमा दुईजना पक्राउ

0

नवलपरासी । नेपाल विद्युत प्राधिकरण, त्रिवेणी उप–वितरण केन्द्र, त्रिवेणी नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)का चौथो तहका कर्मचारी मेघराज काफ्ले र दैनिक ज्यालादारीमा कार्यरत विद्युत प्राविधिक नारायण कुर्मी घुस रकम सहित पक्राउ परेका छन् ।

उनिहरु थ्रीफेज लाइनको मिटर जडान गर्न सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग घुस÷रिसवत माग गरिरहेको अवस्थमा रङ्गेहात पक्राउ परेका हुन् । मेघराज काफ्ले र नारायण कुर्मीले सेवाग्राहीबाट रू.४६,५५५।–(छयालीस हजार पाँच सय पचपन्न) घुसबापतको रकम लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले पक्राउ गरेको हो ।

कार्यालय परिसरबाट रङ्गेहात नियन्त्रणमा लिई उनिहरुमाथी अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । घुस रकम माग गरेको सूचना एवं उजुरीको आधारमा उनिहरु पक्राउ परेका हुन् ।

zt4U28

Share.

Leave A Reply