धिमा गुड्न थाले गाडी, जिल्लाको मुख्य राजमार्ग अस्त व्यस्त

0

प्रेम क्षेत्री
साउन ३०, गैंडाकोट । पुर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको अरुणखोलामा पुल भाँचिएपछि अवरुद्ध यातायात सेवा हल्का सुचारु भएको छ ।
जनैपुर्णिमाका दिन यात्रु तथा सवारीको चापका कारण पुर्वमा अरुणखोलादेखी गैंडाकोटसम्म र पश्चिममा सुनवलसम्म ठाउँ ठाउँमा गाडी रोकिएका छन् । जामका कारण जिल्लाको मुख्य राजमार्ग अस्त व्यस्त देखिन्छ । यात्रु तथा सवारीसाधन घण्टौं सम्म सडकमा रोकिएका छन् । डाईभर्सनमार्फत बाटो खुलाईएपनि सोही स्थानमा गाडी फसेपछि यातायात अवरुद्ध भएको थियो । गाडी हटाईएपछि हल्का सवारीसाधन चल्न शुरु गरेका छन् ।
पश्चिमबाट पुर्वतर्फ गाडी सहज पास भएपनि पुर्वबाट पश्चिमतर्फ जाने भारी सवारी साधन पास हुन गाह्रो भईरहेको प्रहरी नायब निरिक्षक राजेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । बाटो एकतर्फी मात्रै सञ्चालनमा आएको छ । आलोपालो गर्दै सवारी पास गराईएको उहाँले बताउनुभयो । पुल नबन्दासम्म यात्रुले सास्ती बेहोर्नुपर्ने अवस्थाको सृजना भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरिक्षक शुरेसकुमार शाहले केही हल्का सवारी साधन पास गराईएको बताउनुभयो । पूर्वबाट पश्चिमतर्फ भारी सवारी साधनलाई जान निकै गाह्रो रहेको उहाँको भनाई छ । वैकल्पिक बाटोका विषयमा छलफल भईरहेको उहाँले बताउनुभयो । सवारी चापका कारण यात्रु अलपत्र परेका छन् ।

Share.

Leave A Reply