हल्का सवारीसाधन गुड्न थाले

0


प्रेम क्षेत्री
साउन ३०, गैंडाकोट । पुर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको अरुणखोलामा पुल भाँचिएपछि अवरुद्ध यातायात सेवा हल्का सुचारु भएको छ ।
जनैपुर्णिमाका दिन यात्रु तथा सवारीको चापका कारण पुर्वमा अरुणखोलादेखी गैंडाकोटसम्म र पश्चिममा सुनवलसम्म ठाउँ ठाउँमा गाडी रोकिएका कारण जिल्लाको मुख्य राजमार्य अस्त व्यस्त देखिन्छ । यात्रु तथा सवारीसाधन घण्टौं सम्म सडकमा रोकिएका छन् । डाईभर्सनमार्फत बाटो खुलाईएपनि सोही स्थानमा गाडी बिग्रिएका कारण यातायात अवरुद्ध भएको थियो । गाडी हटााईएपछि हल्का सवारीसाधन चल्न शुरु गरेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरिक्षक शुरेसकुमार शाहले केही हल्का सवारी साधन पास गराईएको बताउनुभयो । भारी सवारी साधनलाई भने अहिले रोक लगाईएको छ । सवारी चापका कारण यात्रु अलपत्र परेका छन् ।

Share.

Leave A Reply