अरुणखोलादेखी गैंडाकोटसम्म जाम, जिल्लाको मुख्य राजमार्ग ठप्प

0

प्रेम क्षेत्री
साउन ३०, गैंडाकोट । पुर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको अरुणखोलामा पुल भाँचिएपछि यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको छ ।
जनैपुर्णिमाका दिन यात्रु तथा सवारीको चापका कारण पुर्वमा अरुणखोलादेखी गैंडाकोटसम्म र पश्चिममा सुनवलसम्म जाम भएको छ । यात्रु तथा सवारीसाधन घण्टौं सम्म सडकमा रोकिएका छन् । अहिले जिल्लाको मुख्य राजमार्ग ठप्प रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
डाईभर्सनमार्फत बाटो खुलाईएपनि अहिले सोही स्थानमा गाडी बिग्रिएका कारण यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख मोहनप्रसाद पोखरेलले जानकारी दिनुभयो । उहाँले बाटो खुलाउने प्रयास भईरहेको जानकारी दिनुभयो । सवारी चापका कारण यात्रु अलपत्र परेका छन् ।


कावासोतीबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ४७१ नम्बरको ट्रक पुलमा ठोक्किदा पुलको दाहिने तर्फको भाग भाँचिएको थियो । लगत्तै डाईभर्सनमार्फ यातायात सुचारु गरिए पनि यात्रुले सास्ती खेप्नु परेको छ । अहिले पुनः जामा भएको हो । जाम खुलाउन प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply