जलुके खानेपानीद्धारा आयोजित उद्घोषण तालिमको समापन/नेतृत्व लिन सक्छौँ ः प्रशिक्षार्थीहरु

0

गैडाकोट, २९ श्रावण । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गैडाकोटको आयोजनमा संचालन भएको ५ दिन नेतृत्व विकास एव उद्घोषण तालिमको आज समापन गरिएको छ । संस्थाले भदौबाट संचालन गर्ने सरसफाइ कार्यक्रमको नेतृत्व लिन सक्ने र जनतालाइ सरसफाईका सूचकहरु बुझाउन सक्ने क्षमताको विकास गर्न तालिमको आयोजना गरिएको अध्यक्ष सुनील प्रसाद ढकालले जानकारी दिनुभयो । खानेपानीले नेता उत्पादन गर्दैछरे भन्ने वाहिर हल्ला भएको भन्दै अध्यक्ष ढकालले नेता उत्पादन गरेको तर राजनीतिक नभई सरसफाईका लागि नेता वनाएको प्रष्ट पार्नुभयो ।

संस्थाले भदौ महिनाबाट सरसफाईको विशेष कार्यक्रम संचालन गर्ने र त्यसको जिम्मा हरेक टोलका महिला नेतृहरुलाई प्रदान गर्ने भएको छ । महिला नेतृले समुहमा बोल्ने र वुझाउने क्षमता भएमात्रै सरसफाइ कार्यक्रम प्रभावकारी वन्ने भन्दै उक्त तालिमको आयोजना गरिएको थियो । समापन कार्यक्रमका प्रमुख अतिथि एव वडानम्वर १ का अध्यक्ष हरिप्रसाद सापकोटाले तालिमपश्चात महिलाहरुमा आएको आत्मविश्वासले आफूलाई खुशी वनाएको भन्दै वडाले गर्नुपर्ने काम खानेपानीले गरेकोमा धन्यवाद दिनुभयो । साथै वडामा १० वटा महिला समूह रहेको र आयआर्जनका लागि १ लाख ५० हजार बजेट आएको जानकारी गराउँदै वडामा रहने महिलाहरुको शसक्तिकरणमा कुनै कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुले माईक समाउदा हात समाउने आफूहरुलाई औपचारिक कार्यक्रम संचालन देखि भाषण कला अनि नेतृत्व कसरी गर्ने भन्ने ज्ञान व्यवहारिक रुपमा दिएको भन्दै आफ्नो समुहमा गएरपनि हरेक कार्यक्रम औपचारिक रुपमा संचालन गर्ने र अभ्यासलाई निरन्त जारी राख्ने बताएका छन् । साथै संस्थाले आयोजना गर्ने सरसफाई कार्यक्रमको नेतृत्व लिन पनि तयार रहेको बताउनुभयो । अभ्यासकै लागि मात्र थप केहि दिन तालिम आवश्यक भएको बताएका प्रशिक्षार्थीहरुको मागलाई ध्यानमा राख्दै पछि ३ दिनको फेरि तालिम राख्ने प्रतिवद्धता पनि संस्थाले गरेको थियो ।

वडा सदस्य एव संस्थाकी कोषाध्यक्ष सिता सापकोटाले स्वागत गर्नुभएको कार्यक्रममा प्रशिक्षार्थी खगी विक, सीता अधिकारी, सीता काफ्लेले आफ्नो भनाई राख्दै तालिम फलदायि रहेको बताउँदै नेतृत्व लिन तयार रहेको बताउनुभएको थियो । कार्यक्रममा बोल्दै तालिमका मुख्य प्रशिक्षक एवम सामुदायिक रेडियो विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले कहिल्यैपनि आत्मविश्वास र ज्ञानको कमी हुन नदिन आग्रह गर्दै अभ्यासलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै विजय एफएमका समाचार प्रमुख डोलराज रानाभाटले तालिम लिइसकेपछि आफूहरुका लागि आएको सरकारी कार्यक्रमको खोजी गर्न र बजेटमा चासो राख्न सुझाव दिनुभयो । साथै सरकारी कार्यक्रम र बजेटमा चासो राख्दै आफ्नो बोल्नेकला निखार्न सके समाजको नेतृत्व अवसर टाढा नरहेको बताउनुभयो । कार्यक्रमका संयोजक एवम संस्थाका सचिव मोतीचन्द्र चालिसेले संस्था आम उपभोक्ताको चाहाना अनुसार चल्ने भन्दै तालिमको उद्देश्य प्राप्ती भएको बताउनुभयो । समापनका अवसरमा सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

Share.

Leave A Reply