धुसेरी वन एउटा पाठशाला हो ः अध्यक्ष कार्की

0

धुसेरी सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै पहिलो सामुदायिक वनका रुपमा चिनिन्छ । देवचुली नगरपालिका १६ र १७ मा रहेको यस वनले २०५१ सालदेखि वन संरक्षणको विधिवत् प्रमाण–पत्र लिई वन संरक्षण गर्दै आएको छ । वनले जैविक विविधता, धुसेरी सिमसार र पर्यापर्यटन प्रवद्र्धन तथा संरक्षणमा महŒवपूर्ण योगदान पु¥याएको छ । सामुदायिक वनको संरक्षण, संवद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन, जैविक विविधता संरक्षण एवम् गरिबी न्यूनीकरणमा समेत पु¥याएको योगदानको कदर गर्दै वन तथा भू–संरक्षण मन्त्रालय, वन तथा भू–संरक्षण विभागले दोस्रो स्थानको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट सम्मान गरेको छ । यसै सन्दर्भमा हामिले धुसेरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष लोकबहादुर कार्कीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ, विजय खबरका लागि समाचार सम्पादक प्रेम क्षेत्रीले गर्नुभएको कुराकानीको सम्पादित अंश ः


लोकबहादुरज्यू ¤ तपाईंलाई विजय खबर पत्रिकामा हार्दिक स्वागत छ ।
तपाईंलाई धेरै धेरै धन्यवाद छ ।
सर्वप्रथम त गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुभएकामा बधाइ पनि छ ।
तपार्इंलाई धन्यवाद र यो सम्मान प्रदान गर्नुहुने वन तथा वातावरण मन्त्रालय, वन तथा भू–संरक्षण विभाग, समन्वय गर्नुहुने डिभिजन वन, सामुदायिक वन जिल्ला महासंघ, स्थानीय महासंघ अनि यो स्थान सम्म पु¥याउन सहयोग गर्नुहुने उपभोक्तालगायत सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।
अहिले के काममा व्यस्त हुनुहुन्छ ?
धुसेरी सामुदायिक वन जिल्लाको पहिलो दर्ता भएको वन हो । यसको ख्याति मर्न नदिन हामी सक्रिय छौं । वनका क्रियाकलाप हेर्ने हो भने वैज्ञानिक वन व्यवस्थापन पछि पैदावरका काम भइरहेको छ । काठदाउरा उपभोक्तालाई दिइरहेका छौं र बाहिर बिक्रिका लागि टेन्डर आÞवानलगायत नियमित काममा नै लागिरहेका छौं । हामी वन संरक्षण र प्रवद्र्धनमा नै जुटिरहेका छौं ।
वनप्रतिको लगाव नै पुरस्कारको उपज हो भन्न मिल्छ ?
यसमा कुनै दुईमत छैन । हामी लामो समयदेखि वन संरक्षणमा लागेका थियौं । हाम्रो जीवन जिउने आधार भनेको नै वन हो । यसको संरक्षणमा जुट्दै जाँदा स्वाभाविक रुपमा माया लाग्ने रहेछ । युवा पुस्ता होस् या यसक्षेत्रका प्रौढ सबैको उत्तिकै सहभागिता छ । यसले गर्दा नै होला र हामीले समुदायका सञ्चालन गरेका गतिविधिको उपज नै हो जस्तो लाग्छ । यसअघि पनि हामीले सन्त्वना स्थानको गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार प्राप्त गरेका थियौं । अहिले दोस्रो बन्न सफल भयौं । हामी नेपालकै नमुना वनका रुपमा स्थापित गर्न सफल भएका छौं ।
वनको अहिलेको अवस्था कस्तो छ ?
सुरुवाती अवस्थामा ६७.५ हेक्टर भूभागमा फैलिएको थियो । यस सामुदायिक वनका उपभोक्ता सदस्यको वृद्धि र वन पैदावरको अधिक मागका कारण पुनः यस क्षेत्रका अग्रजहरुले संरक्षण गर्दै आएको राष्ट्रिय वनलाई थप गरी १३७.६५ हेक्टर माग गरेर संरक्षणको जिम्मा लिएकाले हालको वन क्षेत्र ४०२.१३ हेक्टर हुन आएको छ । ११७६ जना उपभोक्ता सदस्य रहनुभएको छ । वन क्षेत्र महाभारत शृंखलामा पर्ने भएकाले भिरालो र समथर क्षेत्रमा रहेको छ । १७५ हेक्टर भिरालो क्षेत्रमा रहेको छ भने बाँकी भिरालो क्षेत्रमा पर्छ । सुरुवाती अवस्थामा चोरी तस्करी हुने गर्दथ्यो तर अहिले त्यस्तो छैन । यहाँ रहेका वन्यजन्तु, चराचुरुङ्गी, जडिबुटी, हरियाली मनोरम दृश्यले रौनक नै छुट्टै छ ।
तपाईंहरुले गरेको संरक्षणको प्रयास के हो ?
पहिलेदेखि नै संरक्षण भइरहेको यो वनलाई अहिले पालेका रुपमा काम गरिरहेका छौं । पालेका रुपमा वन संरक्षण गर्ने, चोरी सिकारी हुन नदिने, वृक्षरोपण गर्ने, चरिचरण हुन नदिने, आगलागी हुन नदिने लगायत काम गरिरहेका छौं । हामी सेवकका रुपमा अझै भन्दा पालेको रुपमा काम गरिरहेका छौं ।
के आधारमा राष्ट्रिय पुरस्कार पाइयो जस्तो लाग्छ ?
धुसेरी वन एउटा पाठशालाको रुपमा विकास भइरहेको छ । सामुदायिक वनको संरक्षण, संवद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन, जैविक विविधता संरक्षण यसै गरी गरिबी न्यूनीकरणमा हामीले गरेका काम नै यसका आधार हुन् जस्तो लाग्छ । हामीले गरेका काम र राखेका डकुमेन्टका आधारमा नै हामीलाई सम्मान गरेको कुरा त्यो सम्मानपत्रमा पनि उल्लेख गरेको छ । द्वितीय स्थानको ७५ हजार राशीसहितको सम्मान पाउन सफल भएका हौं ।
अरुका लागि पनि सिकाइ होस् ठ्याक्कै तपाईंहरुले के गर्नुभएको थियो ?
अघि पनि मैले केही कुरा जोडेँ । वन्यजन्तु संरक्षणका लागि ‘वन तथा वन्यजन्तु युवा जागरण अभियान–२०७१’ सालमा मेरो संयोजकत्वमा नै समिति गठन गरेका थियौं । राष्ट्रिय निकुञ्जको हकमा छैठौं र सामुदायिक वनको हकमा यो समिति नै पहिलो थियो । मैले दावीका साथ भन्न सक्छु । हामीले युवाको सक्रियतामा गाउँ गाउँमा गएर प्रभावकारी रुपमा कार्यक्रम गरेका थियौं । ठाउँ ठाउँमा पानीको स्रोतका लागि पोखरी खनेका छौं । वन्यजन्तुका लागि होस् या डढेलो नियन्त्रणका लागि वा पर्या पर्यटनका लागि यसले भूमिका खेलेको छ । जलवायु परिवर्तनका लागि केही हदसम्म काम गरेका छौं । सबैले वन संरक्षण गरिरहेका छन् तर हामीले अलिकति फरक सबै उपभोक्ताको स्वास्थ्य बीमा गरेका छौं । विपन्न समुदायको जीविकोपार्जनका लागि घुम्ती कोषमार्फत लगानी गर्ने गरेका छौं ।
गरिबी न्यूनीकरणका लागि तपाईंहरुले गरेको काम के हो ?
धुसेरी सामुदायिक वनले स्वीकृत कार्ययोजना र निर्दिष्ट गरेको गरिबी न्यूनीकरणअन्तर्गत ३५ प्रतिशत वन पैदावरबाट प्राप्त आम्दानीबाट आयमूलक कार्यक्रम सञ्चालन गर्ने गरेका छौं । गरिबी न्यूनीकरणका लागि हामीले घुम्ती कोषमार्फत नै काम गरेका छौं । व्युटिपार्लर, सिलाई कटाईका लागि लगानी गरेका छौं । बोटे माझी मुसहर समुदायका युवाहरुले मात्र जिविकोपार्जनका लागि माछा मार्नुहुन्थ्यो । उहाँहरुका लागि काठको काम गर्न तालिम सञ्चालन गरेपछि धेरै जनाले सिकर्मीको काम गर्नुहुन्छ । यसैगरी कुखुरापालनमा हामीले लगानी गरेका छौं । बङ्गुर पालनमा लगानी गरेका छौं । भाँडा पसल, ठेलागाडीमा लगानी छ । कृषिमा तरकारी खेतीमा लगानी गछौं । किराना पसलमा लगानी छ । गरिब जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेका छौं । चेतनामूलक कार्यक्रम गर्ने गरेका छौं । उपभोक्ताको चहानाअनुसार हामीले हाम्रा कार्यक्रम सञ्चालन गर्छौं ।
सफल वनका रुपमा चिनिँदै गर्दा यसलाई दिगो बनाउन आगामी योजना के छ ?
यो मात्र सफलता होइन । हामीले अहिले दोस्रो स्थानको पुरस्कार पाएका छौं अझै हामी पहिलो बन्छौँ भन्ने विश्वास छ । त्यस्का लागि हामिले निरन्तर काम गर्न जरुरी छ र हामी सोहीअनुरुप लागिरहेका पनि छौं । यसलाई दिगो रुपमा कायम राख्न हामीले अन्य खालका कार्यक्रम पनि सञ्चालन गर्ने योजना बनाएका छौं । नमुना वनका रुपमा स्थापित गर्न उपभोक्ता समूह क्रियाशील छ । पटक पटक वन्यजन्तु जडिबुटी एवम् नयाँ प्रजातिको बिरुवाको अध्ययन एवम् अनुसन्धानका लागि त्रिभुवन विश्वविद्यालयले धुसेरी सामुदायिक वनलाई छनोट गरी अनुसन्धानकर्ता पठाउने गरेको छ । अहिले हाम्रो समुदायिक वन अध्ययनको थलो बनिरहेको छ । यसवर्ष मात्रै त्रिभुवन विश्वविद्यालयबाट ५–७ वटा समूह अध्ययनका लागि आइसक्नुभएको छ । त्यसको खर्च हामीले नै व्यवस्थापन गर्ने गरेका छौं । उहाँहरुले हाम्रो सामुदायिक वनक्षेत्रमा रहेका जडिबुटीको अध्ययन गरिरहनुभएको छ । हामीले केही स्थान पहिचान गरी जडिबुटी अध्ययनका लागि तोकेका छौं । जडिबुटी उद्यान, फलपूmल उद्यान बनाएका छौं । हाम्रो सामुदायिक वनमा पाइने १ सय ६३ प्रजाति पहिचान गरेका छौं । यहाँ पाइने जडिबुटी संकलन गरी सामुदायिक वन उपभोक्ता महासंघको राष्ट्रिय कार्यक्रममा पनि हामीले प्रदर्शन गरेका छौं । वन संरक्षणसँगै केही नवीनतम काम गर्ने सोचमा छौं ।
अन्त्यमा के भन्नुहुन्छ ?
सामुदायिक वन भन्ने बित्तिकै समुदायका व्यक्तिबाट नै संरक्षण गरिएको वन हो । तर पछिल्लो समय अहिले वैज्ञानिक वन व्यवस्थापनका कुरा आएका छन् । संरक्षण गर्ने र वन व्यवस्थापनका नाममा हुन सक्ने आर्थिक अनियमितताका विषयमा सबै चनाखो बन्नुपर्छ । वन ऐन बन्नेक्रममा रहेको छ । अहिले ऐनले केही अÇठ्यारो परेको छ । यसमा सबै सरोकारवाला निकाय बसेर निचोडमा पुग्नुपर्ने अवस्था छ । सबै वनका पदाधिकारी सक्रियरुपमा नै लाग्नु भएको छ । हाम्रो वन क्षेत्र हेर्ने हो भने एकअर्कामा निहित पनि छन् । जोडिएका वनहरु रहेकाले सबै सामुदायिक वन मिलेर अघि बढ्नुपर्ने आवश्यकता पनि छ । वन पैदावर सरल र भरपर्दो न्यायोचित प्रणालीलाई प्रभावकारी बनाउन सकिएको खण्डमा वनको संरक्षण, संवद्र्धन कार्यमा मद्दत पुग्ने देखिन्छ । त्यसैले सामाजिक, आर्थिक र वातावरणीय महŒवले गर्दा यस क्षेत्रलाई राष्ट्रिय मेरुदण्डका रुपमा स्थापित गर्नु सबैको दायित्व हो ।
यो महŒवपूर्ण समय र कुराकानीका लागि धन्यवाद ।
धन्यवाद तपाईंलाई पनि यो अवसर प्रदान गर्नुभएकामा । विजय खबर परिवारलाई पनि धेरै धेरै धन्यवाद छ र सम्पूर्ण पाठक तथा धुसेरी वनका उपभोक्ता सदस्यहरूप्रति हर्दिक आभार व्यक्त गर्दछु ।

Share.

Leave A Reply