‘सूचना माग गर्दा समयमा नदिनुपनि भ्रष्टचार’

0

गैंडाकोट, २७ श्रावण । नवलपुर गैंडाकोटका जनप्रतिनिधिले भ्रष्टाचार न्युनिकरणका लागि सुचनाको हकसम्बन्धी अभियान चलाउने प्रतिबद्धता जनाएका छन । अन्तरास्ट्रिय युवा दिवसको अवसरमा बागेश्वरी असल शासन क्लब बास नवलपुरले गैडाकोट रिसोर्टमा गरेको अन्तर्कृया कार्यक्रममा जनप्रतिनिधिले वडामा अनियमितता हुन नदिन सुचना माग गर्ने तथा जनप्रतिनिधिले सवै सूचना पारदर्शीरुपमा प्रदान गर्ने पद्दती बिकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गैंडाकोट नगरपालिका वडा नं ५ का वडाध्यक्ष नवराज कंडेलले सुचनाको हक सम्बन्धी वडावासी र जनप्रतिनिधिलाई पनि जानकारी गराउन कार्यक्रम गर्ने तथा अभियान चलाउने बताउनु भयो । सुचना माग गर्दा निर्धारित समयमै नदिनु पनि भ्रष्टाचार भएको भन्दै उहाले सबै सरकारी तथा सरोकारवाला निकायले अनिवार्य सूचना दिनै पर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै गैडाकोट वडा नंबर २ का वडाध्यक्ष धु्रवराम पौडेलले नियमित सूचना प्रकाशन गर्ने, सार्वजनिक सुनुवाइ गर्ने तथा जनताले मागेका सुचना तत्काल उपलब्ध गराउँदा धेरै भन्दा धेरै अनियमितता हुनबाट रोकिने बताउनुभयो ।

कार्यक्रमा बास केन्द्रिय सदस्य यदुनाथ सिग्देल, युवा संचारकर्मी अजय पौडेल, संचारकर्मि तिलक सुवेदी, एकल महिला पैरवी मंच गैंडाकोटकी अध्यक्ष लक्ष्मी भट्टराई, सहकारीकर्मी शिव पौडेल लगायतले भ्रष्टाचार न्युनिकरणका लागि युवाको अभियान चल्नुपर्नेमा जोड दिनुभयो । अन्तरक्रिया कार्यक्रमका संयोजक बास नवलपुरका उपाध्यक्ष बेदप्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा बास नवलपुरकी अध्यक्ष लक्ष्मी पौडेलले नेपालको भ्रष्टाचारको स्थिती र युवाको अभियानबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष पौडेलले नेपालमा पृथ्वीनारायण शाहले नै घुस बिरुद्द अभियान चलाएको स्मरण गर्दै शताब्दीपहिले देखि नै भ्रष्टाचार हुने गरेकोले यसको न्युनिकरणका लागि प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

बास नवलपुरका सचिव तेजेन्द्र रानाले सहजिकरण गरेको कार्यक्रममा कोषाध्यक्ष राजेन्द्र पौडेलको स्वागत मन्तव्य रहेको थियो । अन्तरक्रियामा सहभागिहरुले जनप्रतिनिधि आएपछि भ्रष्टाचार बढेको,ब्यक्ति स्वयं भ्रस्टाचारको बिषयमा सचेत हुनुपर्ने,सूचनाको हक माग्न उपभोक्ता डराउन नहुने,सरकारी कर्मचारीमा बढी भ्रस्टाचार हुने गरेको लगायतका बिषयमा छलफल गरेका थिए ।

Share.

Leave A Reply