धवाह तालमा चट्टानेश्वर महादेवको प्राण प्रतिष्ठा

0

सरु चापागाईं,गैंडाकोट, २७ श्रावण । नन्दन सामुदायिक वन उपभोक्ता समूहको धवाह तालमा भेटिएको चट्टानेश्वर महादेवको मुर्ति सोमबार प्राण प्रतिष्ठा गरिएको छ । नन्दन सामुदायिक वनको धवाह तालमा सिंचाइको लागी पाईप राख्ने क्रममा साउन १९ गते भेटिएको मुर्तिलाइ सोमबार धवाह तालमा भजन किर्तन सहित प्राण प्रतिष्ठा गरिएको हो । सो अवसरमा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले पुजाअर्चना गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख पौडेलले चट्टानेश्वर मुर्तिको प्राण प्रतिष्ठा कार्यको सुरुवातसंगै यसले धार्मिक आस्थाको धरोहर साथसाथै धवाह ताल क्षेत्रलाई राम्रो धार्मिक पर्यटकिय क्षेत्रको रूपमा अगाडि बढाउन ठुलो मद्दत मिल्ने बताउनुभयो ।

साथै उहाँले धवाह ताल निर्माण कार्यलाई निरन्तर अगाडि बढाउँदै गए धेरै पर्यटक भित्र्याउन सफल हुने बताउनुभयो । कार्यक्रममा वडा नं. ६ का वडाअध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, वडा नं. ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा, वडा नं. ८ का वडा सदस्य हरिमाया अधिकारि लगायतको उपस्थिती रहेको थियो । सो कार्यक्रममा सहयोगी होमनाथ सापकोटाले स्वागत मन्तब्य राख्नु भएको थियो । नन्दन सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष टिकाराम सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सहजीकरण डिलाराम सापकोटाले गर्नुभएको थियो ।

Share.

Leave A Reply