गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिक्रेट निर्माणका लागि गैडाकोटमा समिति बनाईने

0

माया कडेँल, गैडाकोट, २७ श्रावण । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि गैंडाकोट नगरपालिकामा उप–प्रमुख बिष्णुकुमारी कंडेलको संयोजकत्वमा १ सय ३१ जनाको सहयोग समिति गठन गरिने भएकोछ । समितिमा प्रत्येक वडाका वडाध्यक्ष, नगरकार्यपालिका सदस्य, बिभिन्न राजनितिक दलका प्रतिनिधी, उद्योग बाणिज्य संघ गैंडाकोटका प्रतिनिधि,बिभिन्न संघ संस्था र बिद्यालयका प्रतिनिधीको सहभागितामा सहयोग समिति गठन गरिने जनाईएको छ ।
कार्यक्रममा बोल्दै गैडाकोट नगरपालिकाकी उप–प्रमुख बिष्णुकुमारी कंडेलले चितवनमा रंगशाला बन्नु पनि गैंडाकोटवासीकै लागि गौरवको बिषय भएको बताउनुयो । चितवनमा निर्माण हुदै गर्दा पर्यटकीय रुपमा गैडाकोटले पनि फाईदा उठाउन सक्ने उहाको भनाई छ ।
रंगशाला निर्माण कुनै एक दुई व्यक्तिले सम्भव नहुने भएकाले सबैको हातेमालो आवश्यक पर्ने धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताउदै सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि गैंडाकोट नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले जनाउनुभयो । उहाले खेलले सबैलाई एक बनाउन सहयोग गरेको पनि बताउनुभयो ।

Share.

Leave A Reply