गैडाकोट नगर युवा संञ्जालले मनायो २० औँ अन्तराष्ट्रिय युवा दिवश

0

पवित्रा पराजुली, गैडाकोट, २७ श्रावण । गैँडाकोट नगर युवा सञ्जालले सोमबार २० औँ अन्तर्राष्टिय युवा दिवशको अवसरमा बक्तृत्वकला प्रतियोगिता गरेको छ । प्रतियोगितामा सरस्वती निकेतन ईंग्लीस बोर्डिङ स्कूलकी छात्रा देविका विश्वकर्मा प्र्रथम हुनुभएको छ । नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यामिक विद्यालयकी रेजुशा भट्टराई द्वितिय हुनुभएको छ ।

यसैगरी विजय सामुदायिक शिक्षा सदनकी प्रदिप्ती कंडेलकी तृतीय हुनुभएको हो । गैँडाकोट ईंग्लीस बोर्डिङ स्कूलकी रबिना थापाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको छ ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्णुकुमारी कंडेल समृद्धि नगरपालिका बनाउनका लागि पनि युवाको ठूलो भुमिका रहेको बताउनुभयो । उहाँले युवाको क्षमता बृद्धिको लागी पनि कार्यक्रम गरिरहेको र आगामी दिनमा पनि गर्ने बताउनुभयो । वडा अध्यक्षहरुको प्रतिनिधित्व गर्दै नगरकै सबैभन्दा कान्छो उमेरका युवा वडा अध्यक्ष गैँडाकोट ३ अध्यक्ष शिवकान्त तिवारीले युवाबर्गलाई सबैले स्वीकार गर्दै अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

यसैगरी नेपाली काँग्रेस गैँडाकोट नगर समितिका सभापति तारापति खरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य गैँडाकोट नगरपालिका वडा नम्बर १६ का युवा सन्जालका अध्यक्ष नविन सापकोटाले गर्नुभएको थियो । विजय सामुदायिक शिक्षा सदनको सभाहलमा भएको कार्यक्रमको सहजिकरण नगर युवासन्जालका उपाध्यक्ष इन्द्रराज ज्योती पोखरेलले गनुभएको थियो । कार्यक्रम नगर युवा सन्जालका अध्यक्ष श्याम वनको अध्यक्षयतामा सम्पन भएको हो ।

Share.

Leave A Reply