गण्डकी प्रदेशमा अव कर्मचारी भर्नाको बाटो खुल्यो, लोकसेवा आयोग विधेयक प्रमाणीकरण

0

२६ श्रावण । गण्डकी प्रदेशले अवबाट आफै कर्मचारी भर्ना गर्ने बाटो खुला भएको छ । लोक सेवा आयोगको गठनको काम, कर्तव्य, अधिकार र कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएसँगै गण्डकी प्रदेशले कर्मचारी भर्ना गर्ने बाटो खुलेको हो ।

गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख बाबुराम कुँवरले आज प्रमाणीकरण गर्नुभएको हो ।

विधेयकलाई साउन १० गते बसेको गण्डकी प्रदेश सभाको बैठकले पारित गरेको थियो । नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले विधेयक प्रमाणिकरण गरी त्यसको सूचना यथासम्भव चाँडो प्रदेशसभालाई दिनुपर्ने व्यवस्था छ ।

Share.

Leave A Reply