गैडाकोट पम्पिङ स्किमबाट आज राति १० बजेदेखि विहान ११ बजेसम्म पानी नआउने

0

गैडाकोट, २६ श्रावण ।
गैडाकोट पम्पीङ स्किम खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आफ्नो पाइपलाईनको मर्मत गर्ने भएको छ । उक्त कार्यक्रका लागि खानेपानी वितरण वन्द गरिने संस्थाले जनाएको छ । आज वेलुका १० बजेदेखि भोलि विहान ११ बजेसम्म खानेपानी पूर्णरुपमा वन्द रहने संस्थाका व्यवस्थापक रविन्द्रराज घिमिरेले जानकारी दिनुभयो । त्यसका लागि उपभोक्तामा पर्न गएको असुविधाप्रति क्षमापार्थी रहेको र भोलि विहान ११ बजेपछि पानी नियमित वितरण हुने बताइएको छ ।

Share.

Leave A Reply