नेपाल सेवा निवृत्त शिक्षक समाज गैडाकोटको अध्यक्षमा शर्मा चयन

0

डोलराज रानाभाट, गैडाकोट, २५ श्रावण । नेपाल सेवा निवृत्त शिक्षक समाज गैडाकोट नगरसमितिका अध्यक्षमा चुडामणी शर्मा चयन हुनुभएको छ । समाजको हिजो भएको तेस्रो साधरण सभा एवम दोस्रो अधिवेशनले सर्वसम्मत ४ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा चन्द्र कुमार शर्मा वाग्ले, सचिवमा लिलाधर पोखरेल, कोषाध्यक्षमा मनोहरी पौडेल, सहसचिवमा त्रिवेणी प्रसाद वाग्ले, सदसयहरुमा मुीक्त नाथ न्यौपाने , दुर्गा प्रसाद शर्मा ढकाल, केशवराज हमाल, जुना गौतम, आत्मराम पौडेल, टंक चापागाई, ढुँडिराज तिवारी र राजु पोखरेल सर्वसम्मत चयन हुनुभएको हो । लेखासमितिको संयोजकमा हेमराज शर्मा आचार्य र सदस्यहरुमा रुद्र प्रसाद पौडेल र कृष्ण प्रसाद सापकोटा चयन हुनुभएको छ ।

नवलपुर जिल्ला समन्वय समितिका प्रमुख एवम कार्यक्रमका प्रमुख अतिथि चेसराम आलेले निवृतहरुसँग अथाह ज्ञान र अनुभव भएपनि राज्यले फाइदा लिन नसकेको तर आफू समन्वय प्रमुख हुँदैगर्दा गर्नुपर्ने आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।

आफू पनि यस समाजको आजिवन सदस्यभएको भन्दै राज्यको नीति निर्माण तहमा पुरानो अनुभवलाई पनि लिएर अघि बढ्न सके राज्यले फाइदा लिन सक्ने उहाँको भनाई थियो । कार्यवाहक अध्यक्ष नारायण देव पंगेनीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सचिव कृष्ण प्रसाद रेग्मीले सहजीकरण गर्नुभएको थियो ।

स्थानीय सरकारले अथाहा फाइदा लिन सक्ने निवृत्त शिक्षकहरुलाई वेवास्ता गरेको गुनासो अध्यक्ष चुडामणी शर्माको छ । आफूहरुको ज्ञान र अनुभव साट्न विभिन्न तालिम संचालन गर्नमा आग्रह गरेपनि स्थानीय सरकारले चासो नदिएको र भत्ता रकमका कारण पनि आफूहरुलाई नवोलाइएको उहाँको भनाई थियो । शिक्षाको नीति निर्माण देखि अन्य विकासका लागि आफूहरुलाई पनि सहभागी गराएँदै अनुभवन आदनप्रदान गर्ने वतावरण वनाउन पनि उहाँले माग गर्नुभयो ।

Share.

Leave A Reply