जलुके खानेपानी संस्थामा उद्घोषण तालिम ः ‘पहिलो दिनमै माइक समाउने भयौँ ‘

0

डोलराज रानाभाट, गैडाकोट, २५ श्रावण । महिलाहरुमा बोल्ने कलाको विकास र नेतृत्व लिने क्षमता बढाउन गैडाकोटमा रहेको जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले नेतृत्व विकास एवम उद्घोषण तालिमको शुभारम्भ गरेको छ । ५ दिनसम्म संचालन गरीने तालिमको पहिलो दिनमा प्रशिक्षार्थीहरुले राम्रोसँग मेहनत गरेर बोल्ने कलाको विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

माईक समाउन सम्म डराउने आफूहरु अव आफ्नो हक, अधिकारका साथै विभिन्न कार्यक्रमहरु समेत संचालन गर्नसक्ने गरि क्षमता अभिवृद्धि गर्ने बताएका हुन् । उनीहरुले संस्थाको नेतृत्व देखि कार्यक्रम संचालन गर्नसक्ने अपेक्षा तालिमबाट गरेका थिए । संस्थाले महिलाहरुका लागि आवश्यक तालिम संचालन गरिदिएकोमा धन्यवादसमेत दिएका छन् । कार्यक्रममा बोल्दै वडा सदस्य सिता सापकोटाले आफूमा भएको डर हटाउँदै ज्ञान वढाउनुपर्ने र तालिममा सिकेको हरेकदिनका कुरा अभ्यासमा उतार्न सुझाव दिनुभयो । संस्थाका अध्यक्ष सुनिल प्रसाद ढकालको अध्यक्षतामा शुभारम्भ भएको कार्यक्रममा बोल्दै उहाँले महिलाहरुको क्षमता विकासमा संस्था सदैव प्रतिवद्ध रहेको भन्दै तालिमको आयोजना गरेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि वडा नम्वर १ का अध्यक्ष हरिप्रसाद सापकोटाले संस्थाले प्रदान गरेको तालिम सकारात्मक भएको बताउनुभयो । कार्यक्रममा संस्थाका उपाध्यक्ष जगनाथ पौडेल,सदस्य ठाकुर प्रसाद सापकोटा,भगवान लम्साल,पार्वती शर्मा लम्साल,चिन वहादुर सारु, अनुगमन तथा मूल्याङ्कन समितिका संयोजक लक्ष्मी चालिसे,सदस्य एकराज सापकोटा, गोमा पौडेल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको पहिलो दिन आज बिजय एफएम १०१ दशमलव ६ का स्टेशन म्यानेजर श्रीधर उपाध्याय र समाचार प्रमुख डोलराज रानाभाटले प्रशिक्षण दिनुभएको थियो । नेतृत्वको तालिम भने बद्रि सापकोटाले प्रदान गर्नुहुनेछ ।

Share.

Leave A Reply