मुकुन्दपुर स्पोर्ट क्लबको आयोजनामा जारी खुल्ला क्रिकेट प्रतियोगितामा शनिबार ३ खेल सम्पन्न

0


माया कंडेल
गैंडाकोट , श्रावण २५
मुकुन्दपुर स्पोर्ट क्लब मुकुन्दपुरको आयोजनामा जारी खुल्ला क्रिकेट प्रतियोगितामा शनिबार ३ खेल भएका छन ।
आज भएको पहिलो खेलमा सनलाईट युथ क्लब र किङग्स रोयल क्रिकेट क्लब गैंडाकोट बिच प्रतिस्पर्धा भएको थियो , जसमा कि∙स रोयल क्रिकेट क्लब २ विकेटले विजयी बनेको छ । यस्तै दोस्रो खेलमा फारम क्रिकेट क्लब र ढोडेनी क्रिकेट क्लव बिच प्रतिस्पर्धा भएको थियो । जसमा ढोडेनी क्रिकेट क्लव ३ विकेटले विजयी बनेको छ । त्यस्तै आज भएको तेस्रो तथा अन्तिम खेलमा चितवन मोर्टस ईलाभेनले योङगस्टार क्लब कावासोतीलाई ६ विकेटले पराजित गरेको मुकुन्दपुर स्पोर्ट क्लबका कोषाध्यक्ष एवम कार्यक्रम संयोजक विजय कुमार बस्नेतले जानकारी दिनुभयो ।
यस्तै भोली आईतबार २ खेल हुने आयोजकले जनाएको छ । २० समुह सहभागि खेलमा चितवन र नवलपुरका क्रिकेट क्लब रहेका छन । खुल्ला क्रिकेट प्रतियोगितामा विजेताले ३५ हजार , शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपबिजेताले हजार , शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्थाले जानकारी दिएको छ ।

Share.

Leave A Reply