लायन्स क्लब अफ गैंडाकोट मौलाकालिकाले नन्दन वन जडिवुटी संरक्षणका लागि ग¥यो वृक्षारोपण

0


प्रेम क्षेत्री
गैंडाकोट श्रावण २५
नन्दन सामुदायिक वन उपभोक्ता समूह गैंडाकोटले जडिवुटीको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । निश्चित स्थान छुट्टयाई औषधिय गुण रहेका विभिन्न प्रजातीका वोटविरुवा संरक्षण गर्नुका साथै वृक्षारोपण गरेको छ ।

जडिवुटी वृक्षारोपण क्षेत्र नामाकरण गरि तारबार सहित जडिवुटीको संरक्षणमा जुटेको नन्दन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष घनश्याम कंडेलले जानकारी दिनुभयो । सो स्थानमा उपभोक्ता तथा विभिन्न संघ संस्थाको सहयोगमा वृक्षारोपण सँगै संरक्षण गर्दै आईएको छ । शनिबार मात्रै सो स्थानमा लयान्स क्लब अफ गैंडाकोट मौलाकालिकाले विभिन्न प्रजातीका १२५ विरुवा रोपेको छ ।

क्लबको सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षण तथा विरुवा रोपिएको क्लबका अध्यक्ष दयासागर सुवेदीले बताउनुभयो । सो अवसरमा गुलाब जामुन, तेजपत्ता, रुद्राक्ष, श्रीखण्ड, रिठ्ठा लगायतका १२५ वोट विरुवा रोपिएको लायन्स क्लब अफ गैंडाकोट मौलाकालिकाका भुपु अध्यक्ष एवम् रिजन चियर पर्सन अनिल सापकोटाले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गैंडाकोट नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष प्रेमप्रसाद सापकोटाले वनले संरक्षणका लागि गरेको प्रयासको प्रशंसा गर्दै यसका लागि क्लबले गरेको सहयोगले थप उर्जा मिल्ने बताउनुभयो ।

कार्यक्रममा स्वागत गर्दै कार्यक्रमका संयोजक एवम् एओजी लायन गोपालप्रसाद गौतमले लायन्स क्लब सामाजिक विकास र संरक्षणमा निरन्तर लागिरहेको जनाउँदै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । नन्दन सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष टिकाराम सुवेदीले वनका उपभोक्ता तथा विभिन्न संघ संस्थाका सहयोगमा वन हरियाली हुदैं जानुका साथै वन र वातावरण संरक्षणमा ठुलो फड्को मारेको बताउनुभयो ।

 

लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बि २ का डिष्ट्रिक एड्भाईजर एमजेएफ लायन कृष्ण पाण्डेले वन र क्लबले वातवरण संरक्षणमा खेलेको भुमिका महत्वपूर्ण रहेको बताउनुयो । सो अवसरमा नन्दन वनका पदाधिकारी एवं सदस्य, उपभोक्ता तथा लायन्स क्लब अफ गैंडाकोट मौलाकालिकाका सदस्यहरुको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply