केउरेनीघाटमा एक महिलाको शव फेला

0


माया कंडेल
गैंडाकोट, श्रावण २५
नवलपरासी (बर्दघाट सुस्ता पुर्व) देवचुली न.पा वडा नं.०१ केउरेनी घाट स्थित नारायणी नदीमा बिहिबार एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । हाल सम्म नाम थर वतन नखुलेको बर्ष अं.३०÷३५ की महिलाको शव परीक्षणको लागी भरतपुर अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको हो । शवको हाल सम्म सनाखत नभएको हुदा चिन्नु हुने महानुभावहरुले जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पुर्व) को फोन ०७८–५४०१०० वा ९८५७०९०३४४ मा जानाकारी गराउन प्रहरीले अनुरोध पनि गरेको छ ।

Share.

Leave A Reply