नेबिसंघ गैंडाकोट ५ को समन्वय समिति गठन

0


माया कंडेल
गैंडाकोट, श्रावण २५
नेपाल बिद्यार्थी संघ गैंडाकोट ५ को समन्वय समिति गठन भएको छ । धनराज कंडेलको संयोजकत्वमा ३३ सदस्यिय समिति चयन भएको नेपाली काग्रेस गैंडाकोट ५का वडा सभापति गोबिन्द घिमिरेले जानकारी दिनुभयो । जसको उपसंयोजजकमा मनिषा रिजाल रहनु भएको छ ।

कार्यक्रममा नेपाली काग्रेस महासमिति सदस्य मदनभक्त अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । उहाले कार्यक्रममा बोल्दै बिद्यार्थी देशका कर्णधार भएको भन्दै हरेक क्षेत्रमा चनाखो हुन आवश्यक रहेको बताउनुभयो ।

यस्तै जिल्ला समन्वय समिति नवलपुरकी उपप्रमुख शारदा विश्वकर्माले नेबिसंघ बिद्यार्थीको हक हितका लागि आवाज उठाउन पछि पर्न नहुने बताउनुभयो । नेपाली काग्रेस गैंडाकोट ५का वडा सभापति गोबिन्द घिमिरेले बिद्यलर्थी संगठन गठनको औचीत्यता , आवश्यकता र सान्र्दभिकतामाथी प्रकाश पार्नुभएको थियो ।

नेबिसंघ पूर्व केन्द्रिय सदस्य गोकुल सापकोटा, नेबिसंघ जिल्ला अध्यक्ष राजेश पौडेलले नेबिसंघको स्थापनाको उदेश्यमाथी प्रकाश पार्दे बिद्यार्थीकै हकहितका लागि संस्थाको जन्म भएको बताउनुभएको थियो । कार्यक्रममा महिला संघ जिल्ला कोषाध्यक्ष शान्ती न्यौपाने , क्षेत्रीय प्रतिनिधि तुलसी गौतम , कुमारी रेखा पौडेल , लोकतान्त्रिक खेलकुद संघका जिल्ला उपाध्यक्ष लक्ष्मण कार्की , नेबिसंघ जिल्ला सचिव शुसिल काफ्ले , अग्रज नेता पशुपति रिजाल लगायतका व्यक्तिहरुको सहभागिता र्हेको थियो ।

कार्यक्रम नेबिसंघ समन्वय समितिका सदस्य शिरिष सिग्देलको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा करिब २ सय विद्यार्थीको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply