जेनिस ईन्टर स्कुल स्क्रायावल प्रतियोगितामा विश्वज्योती प्रथम

0

 

माया कंडेल, गैंडाकोट .

गैंडाकोट ईङलिस स्कुलको आयोजनामा जेनिस ईन्टर स्कुल स्क्रायावल प्रतियोगिता भएको छ । प्रतियोगितामा विश्वज्योति इङलिस बोर्डिङ स्कुल प्रगतीनगरका रेजु न्यौपाने प्रथम हुनुभएको छ । यस्तै गैंडाकोट ईङलिस स्कुलका विवेक खनाल द्धितिय र आरुङखोला इङलिस बोर्डिङ स्कुल आरुङखोलाका अस्मीन काफ्ले तृतिय हुनुभएको छ । यस्तै बिद्यालय तर्फ विश्वज्योति इङलिस बोर्डिङ स्कुल प्रथम, गैंडाकोट ईङलिस स्कुल द्धितिय र कन्टिनेन्टल बोर्डिङ स्कुल तृतिय भएको गैंडाकोट ईङलिस स्कुलका प्रधानाध्यापक हिरालाल अर्यालले जानकारी दिनुभयो ।

स्क्रायावल खेलमा शव्दावली बनाईन्छ । यसले अध्ययनमा पनि सहयोग पुग्ने स्क्रायावल एसोसियसन नवलपुरकी संयोजक विना कोईरालाले बताउनुभयो । कार्यक्रममा प्यावसनका केन्द्रिय उपाध्यक्ष भरतबाबु कंडेलको प्रमुख आतिथ्य रहेको थियो । जेनिस नवलपुरका अध्यक्ष प्रदिप बास्तोलाको अध्यक्षतामा कार्यक्रम भएको हो भने कार्यक्रमको संचालन जेनिस ई सि ए कोअर्डिनेटर हिरालला अर्यालले गर्नुभएको थियो ।

Share.

Leave A Reply