खानेपानी सुरक्षा योजना सम्बन्धि प्रशिक्षण

0

माया कंडेल

गैडाकोट, २४ श्रावण ।

गैंडाकोट पम्पीङ खानेपानी स्किम तथा सरसफाई उपभोक्ताको संस्थाको आयोजनामा खानेपानी सुरक्षा योजना सम्बन्धि १ दिने प्रशिक्षण कार्यक्रम भएको छ । उपभोक्तालाई  स्वथ्य पिउने पानी उपलब्ध गराउदै आएको संस्थाले मुहानदेखी मुखसम्म कसरी स्वथ्य पानी पु¥याउने , त्यसका लागि आगामी दिनमा संस्थाले केके गर्न सकिन्छ भन्ने हेतुले नै प्रशीक्षण कार्यक्रम गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय नवलपुरका गणेश ठकुरीले स्वस्थ्य खानेपानी उपभोक्ता समक्ष पु¥याउन संस्थाले निभाउन सक्ने भुमिका र प्राबिधिक बिषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य, खानेपानी सुरक्षा उपसमितिका सदस्य , संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो । गैडाकोट पम्पीङ स्किम तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष शोभाखर रिमालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत मन्तव्य लेखा समिति संयोजक रत्नप्रसाद सापकोटाले राख्नुभएको थियो । खानेपानी सुरक्षा उपसमितिका संयोजक ताराकुमारी शर्मा गौतमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका व्यवस्थापक रबिन्द्रराज घिमिरेले गर्नुभएको थियो ।  यसैबिच संस्थाका संस्थापक कर्मचारी ओमनाथ पोखरेलको बिदाई पनि गरिएको छ ।

Share.

Leave A Reply