नगर स्तरीय युवा संजाल गैडाकोटः वक्तृत्वकला प्रतियोगितामा भाग लिन नाम टिपाउन आग्रह

0

गैंडाकोट, २४ श्रावण । नगर स्तरीय युवा संञ्जाल गैडाकोटले अन्तर्रा्ष्ट्रिय युवा दिवस–२०७६ मनाउने भएको छ । दिवसका अवसरमा युवा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि वक्तृत्वकला कार्यक्रमको आयोजना गरिएको अध्यक्ष श्याम वनले जानकारी दिनुभयो । ‘समृद्ध गैंडाकोट हाम्रो महाअभियानमा युवाको भूमिका’ शीर्षकमा अन्तर माध्यमिक स्तरीय वक्तृत्वकला कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ । यहि श्रावण २७ गते हुने कार्यक्रम विजय सामुदायिक शिक्षा सदनको भवनमा हुने उपाध्यक्ष इन्द्रज्योति पोख्रेलले जानकारी दिनुभयो । सहभागी हुन चाहाने विद्यालयले श्रावण २६ गते दिनको २ बजेसम्म नाम दर्ता गराउने सक्ने उहाँले बताउनुभयो । दर्ताका लागि ९८४५७१२६७२ र ९८५५०४६४४९ मा सम्पर्क गर्न सकिने आयोजकले बताएको छ ।

Share.

Leave A Reply