७५ बर्षीय पुर्णमाया राना भुजेलको कलात्मक जिजिविशा

0

 

माया कंडेल
गैंडाकोट
गैंडाकोट नगरपालीका वडा नम्बर ३ की ७५ बर्षीय पुर्णमाया राना भुजेलको दैनीकी अन्य आफ्नै उमेरका साथीभाईको भन्दा फरक छ । अलिकति उमेर भएपछि धेरै बृद्धबृद्धाले उमेरले काम गर्न नसक्ने बताउँछन् । तर पनि ७५ वर्षिय पूर्णमाया राना भूजेलले अहिले पनि सक्रिय जिवन विताउँदै आउनुभएको छ ।
ज्येष्ठ नागरिक पूर्णमाया भुजेल बिहानै उठनुहुन्छ, अनि आफनो नित्यकर्म सकेपछि चिया पिउन रुचाउनुहुन्छ । चिया पिए संगै जङगलमा सालको पात टिप्न जानुहुन्छ । पूर्णमायाले ढोडेनीमा रहेको जङगलबाट सालको पात २ दिन सम्म संकलन गर्नुहुन्छ । बिहान ६ वजे नै पातको सानासाना मुठा लिएर गैंडाकोटको तल्लो भागमा आएर बिक्रि गर्नुहुन्छ । बृद्धा भुजेलले एक मुठा सालको पातलाई ६० रुपैंयामा बिक्री गर्दे आउनुभएको छ ।

सालको पातबाट दुनाटपरी बनाईन्छ । बिभिन्न संस्कार र कर्ममा सालको पातको दुना टपरीलाई शुद्ध मान्ने गरिएको छ । त्यसैले सालको पातको माग बजारमा धेरै छ । ७५ वर्षिय पूर्णमायाको घरमा छोरा, बुहारी र नातीनातिना सबै छन । केहि बर्ष अघि श्रीमानको निधन भएको थियो । त्यसपछि उहाँको जीवन झन् संघर्षशील बन्यो । कर्मशील पूर्णमायालाई घरमै यसै बसेर खान मन लाग्दैन । स्वाभिमानी भुजेल सकेसम्म आफैले कमाउने, आफैले कमाएको दूईचार पैसा आफै खर्च गर्न पाउदा खुशी हुनुहुन्छ । आम्दानीको केही रकम बचत समेत गर्नुहुन्छ ।
पूर्णमायाको घरमा छोरा, बुहारीले घरमै डोको, डाला, नाम्लो बुनेर घरखर्च जुटाउँछन । एक दूई महिनामा डोको, डालो बिक्रि गर्न पनि गैंडाकोटको तल्लो भाग अनि चितवनमा ल्याउने गरेको ७५ वर्षिय पूर्णमाया भुजेल बताउनुहुन्छ । त्यो समयमा घरमा चाहिने सामान किन्न बृद्धा भुजेल आफैले कमाएको पैसा खर्च गर्नुहुन्छ । आफ्ना सन्ततीका लागि आवश्यक खर्च समेत आफैले जुटाउने गर्नुभएको छ ।
दैनिक जिजिविशाका लागि कला र सीप भयो भने युवा उमेरमा मात्रै होइन, ज्येष्ठनागरिक हुँदा समेत दैनिक जिवन सहज बन्छ । तसर्थ सिप र कलाको पुस्ता हस्तान्तरणसंगै सीपको प्रवर्धन गरौँ ।

Share.

Leave A Reply