कालिका मावि गैंडाकोटबाट हराएकामध्ये ३ वटा सिसि क्यामरा भेटिए

0


माया कंडेल
गैंडाकोट,श्रावण २४
गैंडाकोट नगरपालीका वडा नम्बर ८ मा रहेको कालिका माध्यमिक विद्यालयबाट हराएका मध्ये ३ वटा सिसि क्यामरा भेटिएका छन । बिद्यालयमा जडान भएका ६ वटा सिसि क्यामरा आईतबार राती चोरी भएका थिए । खोज तलास गर्ने क्रममा उल्लेखित ६ वटा मध्य ३ वटा सिसि क्यामरा भेटिएको प्रहरीले जनाएको छ । खोज तलास गर्ने क्रममा भेटिएका सिसि क्यामरा विद्यालयका प्रधानाध्यापक प्रजानाथ कंडेल र अभिभावक संघका अध्यक्षलाई हस्तान्तरण गरिएको ईलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख दिपक कुमार कार्काीले जानकारी दिनुभयो ।

Share.

Leave A Reply