भाषा विद्यालय स्थापना गर्न आदिबासी जनजाती अगुवाहरुको माग

0


प्रेम क्षेत्री
साउन २४, गैंडाकोट । आदिबासी जनजाती समुदायको भाषा र संस्कृति संरक्षणका लागि भाषा विद्यालय स्थापना गर्न आदिबासी जनजाती समुदायका अगुवाहरुले जोडदार माग गरेका छन् । २५ औँ विश्व आदिवासी जनजाति दिवसका अवसरमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एपmएम १०१.६ ले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै गैंडाकोटका जनजाती अगुवाहरुले आधारभुत तहको शिक्षा मातृ भाषामा पनि लिन पाउनुपर्ने व्यवस्था गर्नुपर्ने माग गरेका हुन् । आदिबासी जनजाती समुदायको भाषा र संस्कृति संरक्षणका लागि सरकारले खासै चासो नदिएको उनिहरुले आरोप लगाएका छन् ।


साथै उनिहरुले जनजाती युवाहरुमा भाषाको ज्ञान नहुनु चिन्ताको विषय भएको बताएका थिए । नेतृत्व तहमा रहेका जनजाती नेताहरु आदिवासी जनजातीका मुद्दा भन्दा पनि पार्टी केन्द्रीत रहेको उनिहरुको आरोप थियो । गैंडाकोटमा आदिवासी जनजाती संग्रहालय निर्माण गर्न सबैको साथ र सहयोगको अपेक्षा समेत गरेका थिए । त्यस्का लागि स्थानिय सरकार, प्रदेश तथा केन्द्र सरकारसँग माग गरेको उल्लेख गर्दै आफुहरुको सक्रियतामा छिट्टै निर्माण गर्नेगरि अघि वढ्ने बताएका छन् । जग्गा उपलब्ध गराएकोमा नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका थिए । आफ्नो हक अधिकारका कुरा लामै समयदेखि उठाईरहदा पनि दिवस अझै आन्दोलनकै रुपमा मनाउँदै आएको उनिहरुको भनाई छ ।


कार्यक्रममा आदिवासी जनजाती महासंघ गैंडाकोट नगरसमितिका अध्यक्ष ललितबहादुरु गुरुङ, नेपाल मगर संघ गैंडाकोट नगर समितिका अध्यक्ष दुर्गा बहादुर मसराङ्गी मगर, नेवा पुचः गैंडाकोट नगरसमितिका अध्यक्ष उत्तम प्रधान, थारु कल्याणकारी सभाका गैंडाकोट नगर समिति अध्यक्ष लक्ष्मीप्रसाद चौधरी, नेपाल दराई उत्थान समाज गैंडाकोट नगर समितिका अध्यक्ष दिपक दराई, नेपाल कुमाल समाज सुधार समिति गैंडाकोट नगर अध्यक्ष जंगबहादुर कुमाल र नेपाल तामाङ घेदुङ गैंडाकोट नगर परिषद्का अध्यक्ष ज्ञानबहादुर तामाङको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण समाचार प्रमुख डोलराज रानाभाटले गर्नुभएको थियो ।

Share.

Leave A Reply