आज २५ औँ अन्तराष्ट्रिय आदिवासी जनजाती दिवस, विजय एफएमद्धारा वहसको कार्यक्रमको आयोजना

0

डोलराज रानाभाट, गैडाकोट, २४ श्रावण । आज २५ औँ अन्तराष्ट्रिय आदिवासी जनजाती दिवस । विभिन्न कार्यक्रम गरि मनाइदैछ । संयुक्त राष्ट्रसंघले यसपटक आदिवासी भाषा वर्ष नारा तय गरेको छ ।

यसैविच दिवसको सन्दर्भमा नेपालकै सर्वोत्कृष्ट सामुदायिक रेडियो विजय एफएमले गैडाकोट नगरभित्रका आदिवासी जनजाति अगुवाहरुसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको । आज विहान ७ बजेबाट सुरु हुने कार्यक्रममा आदिवासी जनजाती नगर महासंघ अध्यक्ष एवम् गुरुङ तमु आर्दश समाजका अध्यक्ष ललितबहादुरु गुरुङ ,थारु कल्याणकारी सभाका अध्यक्ष लक्ष्मीप्रसाद चौधरी,मगर संघका अध्यक्ष दुर्गा मगर, नेवा पुचका अध्यक्ष उत्तम प्रधान , दराई उत्थान समाजका अध्यक्ष दिपक दराई र कुमाल समाज नगर अध्यक्ष जंगबहादुर कुमाल बहसमा सहभागी हुने सहायक स्टेशन म्यानेजर प्रेम क्षेत्रीले जानकारी दिनुभयो ।

भाषा, संकृती, भेषभूषा संरक्षणमा एफएम निरन्तर लागिरहेको भन्दै हरेक वर्ष यी खालका कार्यक्रम आयोजना गर्ने स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो ।

Share.

Leave A Reply