बिजय सामुदायिक शिक्षा सदनका विद्यार्थीले पकाए खाना, किन त ?

0

माया कडेँल

गैडाकोट, २३ श्रावण ।

बिहिबार विजय सामुदायीक शिक्षा सदनमा प्राङगढमा छुट्टै माहौल थियो । सधैजसो अध्ययनमा व्यस्त देखिने बिद्यार्थीहरु खाना बनाउनमा व्यस्त थिए । कोही बिद्यार्थीले तरकारी, कोहीले अमलेट, कोहीले भात पकाउदै थिए ।त कोहीले त्यसकै लागि सहयोग पनि गर्दे थिए ।अभिभावक र शिक्षकले त्यो दृश्य हेरिरहनुभएको थियो । आत्मनिर्भर बन्ने प्रक्रियामा रहेका बिद्यार्थीलाई देख्दा उहाहरुमा छुट्टै उत्साह छाएको थियो ।

   

भात , दाल , तरकारी पकाएको बताउनुहुन्छ बिद्यार्थी रितिष्मा श्रेष्ठ । बिद्यार्थीले अप्ठारो  हुदा हुदै पनि रमाईलो र खुशी लागेको बताएका छन । घरमा काम गरेको अनुभव भएपनि बिद्यालयमा साथीसंगै काम गर्दा छुट्टै महसुस हुने बिद्यनर्थी रोशन सापकोटाको बुझाई छ । उहाले पढनु र गर्नुमा धेरै फरक हुने बताउनुभयो । बिद्यार्थीलाई बिद्यालयले व्यवहारिक बनाउन कार्यक्रम उपयोगी हुने अभिभावक भिमप्रसाद शर्माको भनाई छ ।

बिद्यार्थीलाई जिम्मेवार बनाउन यस्ता कार्यक्रम आवश्यक रहेको स्काउटर शिव प्रसाद शर्माको भनाई छ । उहाले धेरैजसो आफ्नो बच्चालाई सख दिने नाममा अल्छी बनाईरहेको पनि बताउनुहुन्छ । गर्दे सिक्ने कुरालाई जोड दिएर बिद्यालयले शैक्षिक कार्यक्रम गर्दे आएको बिद्यालयका प्रधानाध्यापक रामचन्द्र न्यौपानेले बताउनुभयो ।

बिद्यालयले व्यवहारिक ज्ञान सिकाउन र जिउने कला सिकाउन बिभिन्न कार्यक्रम गर्दे आएको र अबका दिनमा पनि गर्ने बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकाराम कंडेलको भनाई छ ।

बिहिबार विजय सामुदायीक शिक्षा सदन स्काउट समुहको प्रथम गृह सेवा अन्र्तगत पाक शिक्षाको प्रथम प्रयोगात्मक सिकाई अभ्यास भएको हो । सो कार्यक्रममा शिक्षक शिक्षीका , बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक र बिद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । आफै खाना बनाएर शिक्षक , अभिभावकलाई खुवाउन पाउदा बिद्यार्थी उत्साहित पनि बनेका थिए ।

Share.

Leave A Reply