रोटरी क्लव अफ गैँडाकोटको होडीङ बोर्ड

0

पवित्र पराजुली, गैडाकोट, २३ श्रावण । ट्राफिक सचेतनाको लागी रोटरी क्लव अफ गैँडाकोटले गैडाकोट नगरपालीका भित्र पूर्वपश्चिम राजमार्गमा होडीङ बोर्ड राखेको छ । पूर्वको नारायणी पुल नजिक र पश्चिममा झराहीखोला नजिक बोर्ड राखेको छ । कार्यक्रममा बोल्दै प्रमुख अथिति एजि चन्द्रमान श्रेष्ठले रोटरीले बिभिन्न सामाजिक काम गर्दै आएको बताउदैँ ट्राफिक सचेतना र दुर्घटना कम गर्नका लागी बोर्ड राखेको बताउनुभयो ।

त्यस्तै रोटरी क्लव अफ गैँडाकोटका निर्वतमान अध्यक्ष गोपेन्द्र केशरी न्यौपानेले यात्रीलाई सुरक्षीत यात्रा गनुपर्छ ट्राफिक नियमको पालना गनुपर्छ भन्ने सन्देश दिनको लागी पनि होर्डीङ बोर्ड राखेको बताउनुभयो । कार्यक्रममा आर. आर. ब्याग हाउस र नमुना माध्यमिक बिद्यालयले बोर्ड सौजन्य गरेका थिए ।

कार्यक्रममा अस्थायि ट्राफिक प्रहरी पोष्ट गैंडाकोटका प्रमुख कृष्णप्रसाद अधीकारी, वेल्डीया ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिव न्यौपाने, रोटरी क्लव अफ गैँडाकोटका सदस्य डिल्लीराज न्यौपाने लागायतको उपस्तिथी रहेको थियो । रोटरी क्लव अफ गैँडाकोटका कोषाध्यक्ष श्रीनिवास पौडेलले सहजिकरण गनुभएको कार्यक्रम रोटरी क्लव अफ गैँडाकोटका अध्यक्ष करुणा सागर सुवेदीको अध्यक्षतामा सम्पन भएको थियो ।

Share.

Leave A Reply