क्षेत्रपुरमा झुला महामहोत्सव (भिडियो सहित)

0


नारायणगढ । श्रीशेष लक्ष्मीनारायण मन्दिर क्षेत्रपुरमा बृहद झुला महामहोत्सवको आयोजना गरिएको छ । तिरुपति बालाजी अलौकिक एकादिवशीय झुला महामहोत्सव नागपञ्चमीबाट सुरु भएको छ । यो महामहोत्सव श्रावण ३० गते जनै पूर्णिमा दिनसम्म हरेक साँझ ५ बजेबाट सुरु हुने मन्दिरका स्वामी पद्मनाभाचार्यले बताउनुभयो । उहाँका अनुसार झुलामा रहनुहुने गोविन्द भगवानको दर्शन गर्नाले पुनर्जन्म लिन नपर्ने सिधै मोक्ष प्राप्त हुने धार्मिक कथन रहेको छ ।

वैदिक सनातन धर्म संरक्षणका लागि यस महामहोत्सवको सुरु गरिएको हो । हरेक साँझ साढे ९ बजेसम्म विशिष्ट कलाकारहरुबाट भजन किर्तन हुने स्वामी पद्मनाभाचार्यले बताउनुभयो । यस महामहोत्सव दर्शनका लागि नवलपुर, परासी, चितवन, मकवानपुर, गोरखा, काठमाडाँै, पूर्वि नेपालका जिल्लाहरुबाट श्रद्धालु भक्तजनहरुको आगमन हुने स्वामी पद्मनाभाचार्यले बताउनुभयो ।

 

Share.

Leave A Reply