सिजी रिट्रिटमा गल्फ खेल, हालसम्म ३२ जनाले लिए सदस्य

0

गैडाकोट, २२ श्रावण । नवलपुरको दुम्कौलीमा अवस्थित सिजी रिट्रीटले गल्फ खेललाई संचालनमा ल्याएको छ । चौधरी ग्रुपद्धारा संचालित लक्जरियस होटल सिजी रिट्रिट भित्र गल्फ सहितको लक्जरीयस होलट संचालनमा ल्याइएको हो । उक्त होटल चौधरी उद्योगभित्रै रहेको ४० हेक्टर जमिनलाई थप व्यवस्थित गर्दै संचालन गरिएको हो ।

शान्त वातावरणमा आनन्दमय तरिकाले खेल्न सकिने उक्त खेलका लागि प्रशिक्षक पनि तोकिएको छ । सन् २०२० सम्ममा २० लाख पर्यटक भित्राउने सरकारको लक्ष्यलाई समेत मध्यनजर गर्दै गल्फ खेल संचालन गरिएको हो । हेलिकप्टरमा गएर समेत खेल्न सकिने उक्त खेलले थप पर्यटकलाई आकर्षित गर्ने होटल व्यवस्थापकको दावी रहेको छ ।

१५० किमि पश्चिम तर्फ रहेको लुम्बिनिमा आउने जाने पर्यटक,सौराहामा आउने पर्यटकहरुलाई लक्षित गरि गल्फ खेल सहितको फोर स्टार लक्जरियस होटल संचालनमा आएको हो । गल्फ खेलका प्रशिक्षक दुर्गा वहादुर वोटेका अनुसार एक वर्ष अघि स्थापित उक्त मैदानमा ९ होल रहेको र व्याक ९ खेलाएर हुनुपर्ने १८ होलनै पुरा गरिने बताउनुभयो । रिट्रिटले गल्फलाई विशेष प्राथमिकता दिउको र हालसम्म ३२ जनाले सदस्य लिइसकेको उहाँको भनाई छ । पहिलो चरणको सिकाईदेखि खेलमा सिपालु वनाउने सम्मको कोर्स रहेको उहाँले जानकारी दिनुभयो ।

Share.

Leave A Reply