सरस्वती आधारभुत बिद्यालय ज्ञानकोे केन्द्र बन्ने नवनिर्वाचीत अध्यक्ष पौडेलको भनाई

0


माया कंडेल
श्रावण २२, गैंडाकोट
सरस्वती आधारभुत बिद्यालय गैंडाकोट ५ मा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । केशव शर्मा पौडेलको अध्यक्षतामा गठित विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा भुमा थापा पुन, राधिका लामा, सुनिता सुवेदी, लालबहादुर गुरुङ, नुरजान खातुन, पदेन सदस्य गैंडाकोट ५ का वडाध्यक्ष नवराज कंडेल, सदस्य सचिव निमित्त प्रधानाध्यापक धनकुमारी तिवारी र शिक्षक प्रतिनिधी दुर्गा शर्मा पौडेल रहनुभएको छ ।

नवनिर्वाचीत अध्यक्ष केशव शर्मा पौडेलले पदभार ग्रहण गर्दै सरस्वती आधारभुत बिद्यालय ज्ञानको केन्द्र बन्ने बताउनुभयो । उहाँले ईच्छाशक्ति भयो भने परिवर्तन सम्भव भएकाले सरस्वती आधारभुत बिद्यालयलाई गैंडाकोटको उत्कृष्ट बिद्यालय बनाउन समितिले आजैदेखी कार्य गर्ने बताउनुभयो । नवनिर्वाचीत अध्यक्ष पौडेलले सामुदायिक विद्यालयमा मन्टेश्वरी शिक्षा राम्रो नहुने गरेको सुनिने भएपनि आफुले भने सरस्वतीमा गैंडाकोटकै नमुना मन्टेश्वरी शिक्षा दिने बिद्यालय बनाउने बताउनुभएको छ ।

Share.

Leave A Reply