गैंडाकोट थुम्सीमा बस र म्याजिक ठोक्किदा ३ जना घाईते

0


माया कंडेल
साउन २१, गैंडाकोट । गैंडाकोट थुम्सीमा आज बस र म्याजिक ठोक्किदा ३ जना घाईते भएका छन् । पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना १ ज ७८४१ नम्बरको म्याजिक र सोहि दिशातर्फ जाँदै गरेको ना ५ ख ९००० नम्बरको बस ठक्कर खाएको प्रत्यक्षदर्शीले बताएका छन् । सो दुर्घटनामा म्याजिकमा सवार २ जना , बसमा सवार १ जना घाईते भएका हुन ।

घाइते हुने हरुमा गैंडाकोट९बस्ने  म्याजिक चालक मानबहादुर गुरुङ , म्याजिकमा सवार  भैरब आचार्य  र बसमा सवार भरतपुर माहानगरपालिका ४ बस्ने ठाकुर प्रसाद कडेल रहेका छन । २जनाको  भरतपुरको एलाइभ हस्पिटलमा उपचार भइरहेको छ। बसमा सवार  ठाकुर प्रसाद कडेलको चितवनको नया मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बसमा सवार अन्य व्यक्ति भने सकुशल रहेको प्रहरीले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भईरहेको छ ।

Share.

Leave A Reply