नेपाल तामाङ घेदुङ गैडाकोट नगरसमितीको अध्यक्षमा ज्ञानबहादुर चयन

0


माया कंडेल
गैंडाकोट , श्रावण १८
नेपाल तामाङ घेदुङ गैडाकोट नगरसमितीको शनिबार गैडाकोट ८ मा भएको दोस्रो अधिवेशनले ज्ञानबहादुर वाईबा तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा सुष्मा तामाङ , सचिवमा चन्द्रबहादुर गोले तामाङ, कोषाध्यक्षमा ललित वाईबा तामाङ , सह सचिवमा व्रजबहादुर तामाङ , यस्तै सदस्यहरुमा मकलबहादुर तामाङ , ज्ञानबहादुर मोक्तान, सरस्वती वन तामाङ , बिष्णुबहादुर तामाङ , मिना तामाङ , ज्ञानकुमार तामाङ , पञ्चमाया तामाङ , फुलमाया तामाङ रहनुभएको संस्थाका निर्बतमान सचिब बाबुराम स्याङतानले जानकारी दिनुभयो ।
यसैबिच यसअघि भएको ५ औँ साधारण सभामा नेपाल तामाङ घेदुङ केन्द्रिय सदस्य आशबहादुर गोलेको प्रमुख आतिथ्य रहेको थियो । उहाले कार्यक्रममा बोल्दै जातिय उत्थान , संस्कार, भाषा भेषभुषाको जर्गेना गर्ने कार्य गर्न नेपाल तामाङ घेदुङ गैडाकोट नगरसमितीलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा नेपाल तामाङ घेदुङ प्रदेश ४ सदस्य चिनीमाया तामाङ , नेपाल तामाङ घेदुङ नवलपुर जिल्ला कार्य समिती अध्यक्ष बाबुलाल लुम्बा लगायतका व्यक्तित्वको सहभागिता रहेको थियो ।

Share.

Leave A Reply