कालिका फेदीमा सिद्धेश्वर महादेवको मूर्ति पदस्थापना, फागुनमा प्राणप्रतिष्ठा (भिडियो)

0


गैँडाकोट, १३ श्रावण । गैँडाकोट एकता आमा समूहले निर्माण गरेको सिद्धेश्वर महादेवको मन्दिरमा भगवान शिवको मूर्ति पदस्थापना गरिएको छ । धार्मिक सेवा समिति मौलाकालिका मन्दिर गैँडाकोट १ को फेदीमा निर्माण गरिएको मन्दिरमा सोमबार विहान भजनकिर्तन, धार्मिक झाँकी सहित भगवान शिवको मूर्ति पदस्थपना गरिएको हो । गैँडाकोट २ नारायणी पुलको छेउदेखि भजन किर्तन सहितको ¥याली सुरु भएको थियो । धर्मानुरागीहरुसंग स्वेच्छिक रुपमा सहयोग जुटाइ प्यागोडा शैलीको मन्दिर निर्माण गरिएको छ । राजस्थानदेखि भगवान सिद्धेश्वर महादेवको मूर्ति ल्याइएको हो ।  करिब ४५ लाखको लागतमा मन्दिर निर्माण गरिएको गैँडाकोट एकता आमा समूहकी अध्यक्ष सरस्वती सापकोटा खनालले बताउनुभयो । खनालले सोमबार मन्दिरमा मूर्ति पदस्थापना गरिए पनि आगामी शिवरात्रीका दिन प्राणप्रतिष्ठा गरिने बताउनुभएको छ । मन्दिर अघि रहेको मनोरम वातावरण र पोखरीले मन्दिरको महत्त्व र सौन्दर्यता अझ बढाएको छ ।

 

Share.

Leave A Reply