गैडाकोट ईङलिस स्कुलमा स्क्रायबल खेल सम्बन्धि अभिमुखीकरण

0


माया कंडेल
साउन ११, गैंडाकोट

गैडाकोट ईङलिस स्कुलको आयोजनामा आज स्क्रायबल ओरिएन्टेसन कार्यक्रम भएको छ । नवलपुर र चितवनका बिभिन्न बिद्यालयका शिक्षक र बिद्यार्थीका लागि अग्रेजी र गणित बिषय संग सम्बन्धित स्क्रायबल ओरिएन्टेसन भएको हो । स्क्रायबल एउटा शव्दहरुबाट खेलीने खेल हो । यसले शब्दभण्डार बिकास गर्न सहयोग पुर्याउने गैडाकोट ईङलिस स्कुलकी एकेडमीक सुपरभाईजर , स्क्रायबल एसोसियसन नेपालको डिस्ट्रीक कोर्डीनेटर विना कोईरालाले बताउनुभयो । उहाले हरेक बिद्यालयमा यस खेललाई प्रत्साहन गर्नुपर्ने पनि बताउनुभयो ।


कार्यक्रममा गैडाकोट वडा नम्बर १ का वडाध्यक्ष हरिप्रसाद सापकोटाको प्रमुख आतिथ्य रहेको थियो । उहाले शिक्षाको बिकासका लागि वडाबाट गर्ने सहयोग गर्न तयार रहेको बताउदै शिक्षाको बिकासलाई प्राथमिकता दिएको बताउनुभयो ।

यस्तै गैडाकोट २ का वडाध्यक्ष धु्रवराम पौडेल, नवलपुर र चितवनका बिभिन्न २८ बिद्यालयका शिक्षक र बिद्यार्थी गरि ५० को सहभागिता रहेको थियो । अभिमुखीकरणमा २३ संस्थागत ,५ वटा सामुदायीक बिद्यालयको सहभागिता रहेको थियो । आज भएको कार्यक्रममा शिक्षक केशवप्रसाद पराजुली, धु्रब थापा लगायतको पोखराबाट आएको समुहले बिद्यालयमा स्क्रायबल अभिमुखीकरण गर्नुभएको थियो । बिद्यालयले यसअघि नै बिभिन्न सामुदायीक बिद्यालयलाई स्क्रायबल बोर्ड पनि उपलब्ध गराएको थियो । कार्यक्रम गैडाकोट ईङलिस स्कुलका प्रधानाध्यापक हिरालाल अर्यालको अध्यक्षतामा भएको हो ।

Share.

Leave A Reply