माडी र डण्डामा खतरा, देशका ठाउँ ठाउँमा बाढि पहिरो, सतर्क रहन आग्रह

0

साउन ८, गैंडाकोट । बुधबार र बिहीबार देशभर पूर्ण बदली र अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार दिउँसो देशभर समान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । यस्तै, बिहीबार देशभर सामान्य बदली रहनेछ । देशको पश्चिमी तथा मध्य भागका एकाध स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
माडीमा खतरा
चितवनको माडी र पर्साको ठोरी क्षेत्रमा भारी बर्षा भइरहेका कारण माडी क्षेत्रका खहरे खोलाहरुमा ठुलो वाढि आएको छ ।
केहीबेरअघि माडीको बनकट्टास्थित रीउ नदीको जलसतह ३.६८ मिटर पुगेको छ । रीउ नदीमा ३.४ मिटर जलसतहलाई चेतावनी तथा ३.८ मिटरलाई खतराको तह मान्ने गरिएको छ । रीउ नदीको पानीले सतर्कताको तह पार गरेसंगै बाढी पूर्वानुमान शाखा र माडी नगरपालिकाले सर्तकता सन्देश जारी गरेका छन् । बर्षाका कारण ठोरी–माडी–नारायणगढको यातायात सेवा अवरुद्ध रहेको छ ।
डण्डामा वाढिको सम्भावना
जल तथा मौसम पूर्वानुमान महाशाखाले पुर्वी नवलपरासी डण्डा स्थित बर्षामापन केन्द्रमा भारी बर्षा मापन भएको जनाएको छ । आज बेलुका सम्म वाढिको खतरा रहेको जनाउँदै महाशाखाले डण्डा, कावासोती, र आशपासको गिरुवारी लगायत अन्य स–साना नदी तटीय क्षेत्र आसपासका स्थानियलाई सर्तक रहन मौसम पुर्वानुमान शाखाले आग्रह गरेको छ ।


गुल्मीमा ९ जनाको शव फेला, अझै चार जना बेपत्ता
गुल्मीमा पहिरोमा पुरिएर हराइरहेका चार जनाको अवस्था अझै थाहा हुन सकेको छैन । सत्यवती गाउँपालिका ३ अन्तर्गत ठूलोलुम्पेक ४ को लिम्घामा पहिरोमा पुरिएका १३ मध्ये ९ जनाको मात्र शव फेला परेको छ ।
लगातार वर्षा भैरहेको र लेदो माटो बगिरहेका कारण वेपत्ता भएकाहरुको खोजी गर्न समस्या भएको छ । पहिरोबाट विस्थापित भएका सत्यवती गाउँपालिका अन्तर्गत ठूलोलुम्पेक र लिम्घाका चार सयभन्दा धेरै अलपत्र परेका छन् । उनीहरुलाई खानेकुरा र बस्ने ठाउँको समस्या छ । घर जोखिममा परेपछि उनीहरु स्थानीय विद्यालय, स्वस्थ्य संस्था र वडा कार्यालयहरुमा बसेका छन् ।
बबई नदीमा दुई जना बेपत्ता
बर्दियामा बाढीले बगाएर ल्याएको काठ लिन जाँदा बबई नदीले तीन जनालाई बगाएको छ ।
बाढीले बगाएका तीन जनामध्ये एक जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता भएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।
राजमार्ग तथा सडकखण्ड अवरुद्ध
बाढी तथा पहिरोका कारण विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन् ।
बाढी तथा पहिरोका कारण सिद्धिचरण राजमार्ग, मेची राजमार्ग, कान्ती लोकपथ, बेनी–जोमसोम सडकखण्ड, सुर्खेत–दैलेख सडकखण्ड, कर्णाली राजमार्ग र धरान–चतरा सडकखण्डमा सवारी आवागमन ठप्प भएको गृह मन्त्रालयअन्तर्गतको विपद् व्यवस्थापन शाखाले जनाएको छ ।
मकवानपुरमा गाडीलाई खोलाले बगायो
मंगलबार रातिदेखि परेको वर्षाले मकवानपुरका कतिपय बाटोहरु अवरुद्ध गरेको जनाइएको छ ।
असारमा आएको बाढीले बगाएर १२ दिनपछि सञ्चालनमा आएको हेटौँडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाहरुको हेटौँडा आवतजावत बन्द भएको छ । त्यस्तै हेटौँडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply