‘चाडपर्व खर्च कटौती नगरियोस’

0

डोलराज रानाभाट, गैडाकोट, ७ श्रावण । सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीले खाइपाइ आएको सुविधा कटौती गर्नुपर्नेगरि सांसदहरुबाटै आएको छलफलप्रति सेवानिवृत्त राष्ट्रसेवक संघ नेपाल जिल्ला कार्यसमिति नवलपुरले घोस भत्र्सना गरेको छ । अध्यक्ष युक्त प्रसाद गौडेल र सचिव नरनाथ पाण्डेद्धारा संयुक्त हस्ताक्षरित विज्ञप्ती मार्फत नीति निर्माण तहमा रहेका सांसदहरुनै खाइपाइ आएको सेवासुविधालाई झन व्यवस्थित गराउन लाग्नुपर्नेमा कटौती गर्नेगरि भएको छलफलले आफूहरुलाई दुखी वनाएको भन्दै तत्काल यसलाई रोक्न माग गरिएको छ । अन्यथा राज्यव्यवस्था तथा शुसासन समितिको छलफल अघि बढे आन्दोलनमा उत्रने चेतावनी पनि विज्ञप्ती मार्फत दिइएको छ । यसअघि समितिमा भएको छलफलमा सेवानिवृत्त कर्मचारीहरुलाई दिदै आएको चाडपर्व खर्चमा कटौती गर्ने गरि छलफल चलेको थियो ।

Share.

Leave A Reply