गैँडाकोटवासी पाइला पाइलामा ठगिँदै, करिब ८० प्रतिशत ठगीका मुद्दा

0

प्रेम क्षेत्री
गैंडाकोट । भनिन्छ, युवामा केही ज्ञान छ र उनीहरु क्षमतावान् पनि छन् । तर यो वा त्यो बहानामा तिनै युवा ठगिएका छन् । विभिन्न बहानामा गैंडाकोट नगरपालिकाका मात्रै ४३ जना युवा ठगिएका छन् ।
नवलपरासी बर्दघाट सुस्तापूर्व गैंडाकोट ९ का राजेन्द्र (नाम परिवर्तन) लाई विदेश जाने प्रक्रियाबारे सबै कुरा थाहा थियो । म्यानपावरलाई पैसा दिन पर्दैन भन्ने थाहा थियो, ठगिन सक्छ भन्ने पनि थाहा थियो । उनले पाइला पाइलामा प्रश्न उठाए पनि । तर उनी ठगिए । वैदेशिक रोजगारीमा जानेबारे ज्ञान हुँदाहुँदै पनि पाइला पाइलामा कसरी ठगिन्छ भन्ने उदाहरण बनेका छन् राजेन्द्र ।
उनलाई गाउँमा नै रहेका भिनाजु पर्नेले एजेन्ट भनेर नचिनेका अर्का एकजना व्यक्तिसँग भेट गराए । उनले आÇनै म्यानपावर भन्दै काठमाडौं लगे । कुवेत जान ७० हजारका दरले उनीसँगैं गैंडाकोटका अन्य ७ जना युवाले पैसा बुझाए । युवासँग पैसा लिएका एजेन्टले विदेश पठाएनन् । पुष महिनामा कुवेत जाने भनेर कागज गरेर नै उनीहरुले पैसा दिएका थिए । तर साउन लाग्दा पनि उनीहरु उड्न सकेनन् । अहिले उनै एजेन्टले आपूm पनि म्यानपावरबाट ठगिएको भन्दै हिँडेका छन् । युवाहरुबाट लिएको पैसामध्ये आपूmले २० हजार मात्र लिएको भन्दै एजेन्टले २० हजारका दरले फिर्ता गरे । तर अहिले ती युवाहरुले न पूरै पैसा पाएका छन् न त विदेश जान नै सकेका छन् । अहिले उनीहरुको बिचल्ली भएको छ ।
यो त प्रतिनिधि घटना मात्रै हो । पछिल्लो १० महिनामा मात्रै उनीजस्तै गैंडाकोटका मात्रै ४३ जना युवा ठगिएका छन् । आपूmहरु ठगिएको भन्दै उनीहरुले हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफ कावासोतीद्वारा सञ्चालित सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्रमा सहयोगका लागि उजुरीसमेत दिएका छन् ।
वैदेशिक रोजगारीमा जानुअघि के के कुरा बुझ्नुपर्छ ? यो प्रश्नको उत्तर परदेशिन लागेका धेरैलाई थाहा हुँदैन । किनकि घरमा पुग्ने एजेन्टले काम राम्रो अनि कमाइ धेरै हुने लोभ देखाइसकेको हुन्छ । उसकै पछि लागेका युवाले विदेश जानुअघि आफू जाने देश, त्यहाँ गरिने काम, त्यहाँको नियमकानुनका बारेमा बुझ्नुपर्छ भन्ने थाहा पाउँदैनन् । यो कुरा न एजेन्टले भन्दिन्छन् न त म्यानपावरले नै । त्यसैकारण सरकारले विदेश जानुअघि अनिवार्य रुपमा अभिमुखीकरण लिनुपर्ने नियम बनाएको छ । तर न यसका बारेमा जानकारी छ न यसको महŒव नै थाहा छ । थाहा पाइहाले पनि सिकेका कुरा लागु गर्न नसक्दा ठगिन पुगेका छन् ।
यसरी उजुरी दिनेमा गैंडाकोट २ बाट ३ जना रहेका छन् । त्यस्तै वडा नम्बर ६ बाट ४ जना रहेका छन् । गैंडाकोट ७ बाट ७ जना, वडा नम्बर ८ बाट १ जना, वडा नम्बर ९ बाट ५ जना, वडा नम्बर १२ बाट ८ जना, वडा नम्बर १३ बाट ४ जना, वडा नम्बर १४ बाट ६ जना, वडा नम्बर १७ बाट १ जना र वडा नम्बर १८ बाट ४ जना रहेका छन् । वैदेशिक रोजगारीमा जान लागेको यी युवा अहिले घर न घाटको जस्तै भएका छन् ।

वैदेशिक रोजगारीमा जाने क्रममा ठगिनेहरुमध्ये सबै उजुरी गर्न नआउने भएकाले कति नेपाली ठगिन्छन् भन्न सकिँदैन । तर वैदेशिक रोजगार विभाग तथा सामि परियोजनाको मासिक तथ्यांकले पनि करोडौंको ठगी हुने गरेको देखाएको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपाली ठगिने क्रम बढेको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । सामी परियोजनाले पनि यो ठगिने क्रम बढेको देखाएको छ । गैंडाकोटका हकमा पनि यस्तै लागु भएको पाइएको छ । ठगिएका सबैले उजुरी हालेका छैनन् । यसर्थ कति ठगिए भन्ने यसै भन्न सकिँदैन । तर अहिले जतिले उजुरी दर्ता गराएका छन् यो हेर्ने हो भने अघिल्लो वर्षका तुलनामा झन् धेरै ठगीमा परेका छन् भन्ने पुष्टि भएको छ ।
आर्थिक वर्ष ०७४÷०७५ मा सूचना केन्द्रमा आएका गैंडाकोटका २६ वटा केसमध्ये २२ वटा मात्रै ठगीका घटना दर्ता भएका थिए । गत आर्थिक वर्ष ०७५÷०७६ मा वैदेशिक रोजगारीसम्बन्धी आएका गैंडाकोटका ५४ केसमध्ये ४३ वटा मात्रै ठगीका रहेका छन् । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर रहेको छ । वैदेशिक रोजगारीका क्रममा नेपालमा नै हुने ठगी बढिरहेको पाइएको छ । यसरी ठगिनेमा भिजिट भिसामा बढी समस्या देखिएको छ । पैसा लिएको तर पैसा लिएर विदेश नपठाएको पाइएको छ ।
सूचना केन्द्रमा आएका उजुरीमध्ये ४३ ठगीका बाहेक गैंडाकोटका ३ जनाले वैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाएको उल्लेख गरिएको छ । मलेसिया, साउदी र युएईमा उनीहरुले ज्यान गुमाएका छन् । त्यस्तै ३ जना सम्पर्कविहीन भएका छन् । कतार, कुवेत र मलेसियामा सम्पर्कविहीन रहेको पाइएको छ । त्यस्तै विदेशबाट फिर्ता हुन नपाएको, घरेलु काममा समस्या रहेको, उद्धार, अवैधानिक बसोबास र पासपोर्टमा समस्या रहको १÷१ वटा केस दर्ता भएका छन् ।

ठगीका घटना फरक फरक रहेको पाइएको जनाउँदै सूचना केन्द्रकी परामर्शदाता रञ्जना लम्सालले भन्नुभयो– “तपाईं वैदेशिक रोजगारीमा जाने तयारीमा हुनुहुन्छ अनि तपाईंलाई कुनै देशबाट राम्रो कामको माग आएको छ र त्यो काम दिलाउने म म्यानपावरको एजेन्ट हुँ भन्दैछ भने नपत्याउनु होला ।” किनकि उहाँका अनुसार – अहिले कुनै पनि म्यानपावरका एजेन्ट छैनन् । कसैले एजेन्ट भनेर विदेश पठाउने काम गर्छ भने त्यो गैरकानुनी हो । सरकारले एजेन्ट खारेज गरिसकेको छ । तर विदेश जानेहरु भने यस्तै व्यक्तिबाट ठगिइरहेको उहाँको भनाइ छ । उहाँले सूचना पाएका युवाहरुले केही सावधानी भने अपनाएको देखिएको बताउनुभयो । प्रमाण जुटाउन कागजपत्र गर्नेदेखि सोधीखोजी गर्ने गरे पनि अन्य कुरालाई आत्मसात् गर्न नसक्दा समस्या बढ्दै गएको उहाँको भनाइ छ ।
एजेन्टका ठग्ने तरिका भने ठाउँपिच्छे फरक फरक रहेको जनाउँदै सुरक्षित आप्रवासन परियोजना संयोजक रितुराम सोतीले वैदेशिक रोजगारीका सिलसिलामा सचेत हुन आग्रह गर्नुभयो । उहाँले पासपोर्ट बनाउने बेलामा नै सचेत गराए पनि युवाहरुले त्यसलाई व्यवहारतः कार्यान्वयनमा नल्याएको बताउनुभयो । यसवर्ष मात्रै केन्द्रबाट जिल्लाका ८ हजार १ सय ३७ व्यक्तिगत परामर्श, समुदाय तथा विद्यालयमा आधारित कार्यक्रमबाट २ सय १८ जनामा सुरक्षित आप्रवासनसम्बन्धी आधारभूत सूचना पुगेको बताउनुभयो ।
उहाँले जिल्लाका सवै समुदायमा सूचना नपुग्नु, सामी सूचनाभन्दा स्थानीय एजेन्टको सूचनामा सेवाग्राहीले बढी विश्वास गर्ने गर्दा सेवाग्राही समस्यामा पर्ने गरेको बताउनुभयो । सीप तालिम विना वैदेशिक रोजगारीमा जाने बढी रहेको जनाउँदै ठगीको व्यापकता, अवैधानिक म्यानपावर र तिनका शाखा कार्यालयहरुको अनुगमन नियमनमा कमी हुँदा समस्या बढेको उहाँको भनाइ छ ।
स्वीस तथा नेपाल सरकारको दुईपक्षीय साझेदारी तथा सामी÷हेल्भेटास स्वीस इन्टरकोअपरेसन नेपालको सहयोगमा नवलपरासी जिल्लामा फेब्रुअरी २०१४ देखि सुरक्षित आप्रवासन परियोजना सञ्चालित छ । हिमालयन सामुदायिक विकास मञ्च (हिकोडेफ), सामी हेल्भेटास तथा गैंडाकोट नगरपालिकाको साझेदारीमा गैंडाकोट नगरपालिकामा परियोजना कार्यान्वयन गरिरहेको छ । वित्तीय साक्षरता लगायतका केही क्रियाकलाप सञ्चालनमा रहे पनि वैदेशिक रोजगारीले निम्त्याएका अन्य समस्या यथावत् देखिन्छन् ।

Share.

Leave A Reply