कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ ः डा. शशांक कोईराला

0

प्रेम क्षेत्री
साउन ७, गैंडाकोट । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोईरालाले नेपाली कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार नेपाली कांग्रेस गैंडाकोट नगर समितिको आयोजनामा स्व. विष्णु शर्मा कंडेलको १३ औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा महामन्त्री कोईरालाले पार्टीको नेतृत्व परिवर्तन गर्नुपर्ने खाँचो औल्याउनुभएको हो । यसअघि सभापतिको बारेमा त्यसरी नबोलेको उल्लेख गर्दै उहाँले अब नेतृत्व परिवर्तन गर्नुपर्ने आवश्यकता महशुस गरेको बताउनुभयो ।

नेतृत्व परिवर्तन गरेर नै नयाँ र बलियो पार्टी हुन सक्ने उहाँको दावी छ । जसरी एउटा रुखबाट पात झरेपछि नयाँ पालुवा पलाउँछ त्यसरी नै नेतृत्वमा परिवर्तन गरेर पार्टीलाई सक्षम बनाउदैं सबै एकजुट भएर राज्यको विकासतर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

संघिय सांसद समेत रहनुभएका काईरालाले सरकारले संघियता विरोधी गतिविधी सञ्चालन गरेको आरोप समेत लगाउनुभयो । समानुपातिक बजेट विनियोजन हुन नसकेको समेत उहाँको भनाई छ ।

नेपाली कांग्रेस गैंडाकोट नगर सभापति तारापति खरेलको सभापतित्वमा भएको श्रद्धाञ्जली सभामा गण्डकी प्रदेश सांसद कृष्णचन्द्र नेपाली, जिल्ला कोषाध्यक्ष ओमप्रसाद सापकोटा, महासमिति सदस्य एवं गैंडाकोट नगर उप प्रमुख विष्णुकुमारी कंडेल लगायत पाार्टिका क्षेत्रिय, जिल्ला तथा नगर स्तरका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।

कांग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ ः डा. शशांक कोईराला

Posted by Vijaya FM on Monday, 22 July 2019

Share.

Leave A Reply