भत्ता बुझ्न गैडाकोट १८ का ज्येष्ठ नागरिकलाई सकस

0

गैँडाकोट, ७ श्रावण । गैँडाकोट नगरपालिका वाड नं. १८ का वृद्धवृद्धालाई ज्येष्ठ नागरिक भत्ता बुझ्न सकस हुने गरेको छ । अप्ठेरो बाटो त्यहीँ माथि श्रावणको वर्षाले हिलो बाटोका कारण आवतजावतमा समस्या हुने गरेको स्थानीयको गुनासो छ । गैँडाकोट १८ का खड्गबहादुर रुचल, मननरसिंह डिस्वा, भीमबहादुर सारु लगायतका वृद्धहरु ८० वर्ष नाघेका छन् । समथर हिँड्न त गाह्रो हुन्छ । ज्यानै बाजी राखेर यात्रा गरेर पूर्वपश्चिम राजमार्गका बैंकसम्म आइपुग्न समस्या हुने गरेको छ ।

गैँडाकोट १८ मा करिब ३ सय वृद्धवृद्धा रहेका छन् । कति पय वृद्धलाई गाडीमा पटुकीले बाँधी अड्याएर ल्याउन कठीन हुने र कतिपय वृद्धवृद्धा डराएर गाडीबाट हाम्फाल्ने गरेको गैँडाकोट १८ का वडा अध्यक्ष तिलबहादुर चितौरेले बताउनुभयो । गैँडाकोट १८ का वडा अध्यक्ष तिलबहादुर चितौरेले एनआइसी एसिया बैंकसँग आफूले छलफल गरी गाउँबाटै सेवासुविधा दिने गरी छलफल गरेको बताउनुभयो । बैंकले गाउँमा आई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरी सहकार्य सम्झौता भएको वडा अध्यक्ष तिलबहादुर चितौरेले बताउनुभयो । तर यता पञ्जीकरण विभागलाई पटकपटक अनुरोध गर्दा पनि पुरानै बैंकमा उहाँहरुले पाउने भत्ता हालिदिँदा बैंकबाट निकाल्न समस्या भएको वडा अध्यक्ष चितौरेको गुनासो रहेको छ ।

समाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाका प्रमुख देवेन्द्र कुमालले अहिले गण्डकी विकास बैँकमा आएर नै भत्ता लिनुपर्ने बताउँदै आगमी पटक भने गाउँमा जान चाहेको बैंकसँग नगरपालिकाले सम्झौता गरेर मात्रै गाउँमा सेवा लैजान सकिने बताउनुभयो । तर अहिले सामाजिक सुरक्षा भत्ता बाँड्न बैंकहरु नमानेका कारण उक्त सेवा पु¥याउन कठीन रहेको पनि बताउनुभयो ।

तर वडा अध्यक्ष, सम्बन्धित बैंक र नगरपालिका बसेर सम्झौता गर्न सके उक्त सेवा गाउँ पु¥याउन कुनै समस्या नहुने बताउनुभयो । समयमै गैँडाकोट नगरपालिकासँगको सहकार्यमा बैंकसँग सम्झौता हुन सकेको भए उक्त सेवा गाउँमै लिएर जान सकिन्थ्यो, सामाजिक सुरक्षा तथा पञ्जीकरण उपशाखाका प्रमुख देवेन्द्र कुमालले बताउनुभयो ।

Share.

Leave A Reply